तुलसीपुरमा जीप दुर्घटना, ६ घाइते चालक फरार

तुलसीपुर, २७ माघ ।  दंगीशरण गाउँपालिका –१ फुर्केसल्लीस्थित साउनेमा गएराति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण १ निवासी ४३ वर्षका पलाल बुढामगर, उनकी आमा ७३ की जयकली बुढामगर, १२ वर्षका भुवन घर्ती, १४ वर्षका प्रदीप परियार, ४० वर्षका मनकुमारी बुढामगर र २७ वर्षका प्रकाश बस्नेत घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइतेमध्ये गम्भिर घाइते रुपलाल र जयकलीलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । भुवन र प्रदिपको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने प्रकाश र मनकुमारी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

दंगीशरणबाट तुलसीपुरका लागि छुटेको रा१ज,७५५ नम्बरको जिप अनियन्त्रित भई पल्टिदा सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालक फरार रहेका छन् ।

Loading...