पूर्वसचिव कार्कीकी पत्नी मुनाको हत्या प्रयास, कामदारको शव झुण्डिएको अवस्थामा

काठमाडौं, २७ माघ । आज विहान ललितपुरको सानेपामा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास भएको छ । कार्कीको घरमा काम गर्ने दाङ घर भएका विजय चौधरीको शव भने झुण्डिएको अवस्थामा फेला परेको छ ।

कार्कीकी पत्नी मुनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । टाउकोमा गम्भीर चोट लागेर रगतले लतपतिको अवस्थामा उनी भान्सामा भेटिएकी थिइन । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन ।

Loading...