एजेन्सी । यो वर्षको ओस्करमा, कोरियन फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म बनेको छ । विदेशी भाषाको फिल्म विधामा पनि मनोनय रहेको प्यारासाइटले उक्त विधाको पुरस्कार पनि जितेको थियो ।
विदेशी कथानक फिल्मको विधामा मनोनयन भएर उत्कृष्ट फिल्म विधामा छनोट हुने प्यारासाइट ११ औँ फिल्म हो । तर यस अघिका १० फिल्मले हासिल गर्न नसकेको सफलता हात पार्दै प्यारासाइटले इतिहास बनाएको छ ।
फिल्मका निर्देशक बोङ जून–होले उत्कृष्ट निर्देशकको पुरस्कार पनि जितेका थिए ।अन्य प्रमुख विधामध्ये वाक्वीन फिनिक्सले उत्कृष्ट अभिनेता बने भने जुडी फिल्मबाट रेनी जेलवेगर उत्कृष्ट अभिनेतृ भइन् ।