कोरोनाभाइरस (कोभिड–२०१९) त्रास विश्वभरि नै

कोरोनाभाइरसको उच्च जोखिममा नेपाल पनि रहेको बताइएपनि उक्त सङ्क्रमणको रोकथामका लागि पूर्वतयारीमा चुनौती देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्‌कालीन कार्यसञ्चालन केन्द्रका प्रमुखका अनुसार सरकारले पूर्वतयारीका लागि देखिएका जटिलता अध्ययन गर्ने क्रम जारी रहेको छ। कोभिड–२०१९ नाम दिइएको खतरनाक कोरोनाभाइरसको उद्गम मानिएको चीनमा कोरोनाभाइरस सङ्क्रमितहरुको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको सुखद् […]

नयाँदिल्ली हिंसा: मृतकको संख्या ३७

एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबारसम्म ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा प्रहरी र अर्ध सैनिक बल परिचालन गरिएको छ । जिटीबी अस्पतालका निर्देशक सुनिल कुमारले अस्पतालमा ३० जनाको मृत्यु भएको […]

सिरियाद्वारा टर्कीमाथि आक्रमण, २९ सैनिक मारिए

एजेन्सी, सिरियाले गरेको हवाई हमलामा टर्कीका कम्तीमा २९ जना सेना मारिएको टर्कीका प्रान्तीय गभर्नरले बताएका छन्। उनका अनुसार इड्लिबमा भएको हमलामा त्यो भन्दा बढी सङ्ख्यामा सैन्य अधिकारीहरू घाइते भएका छन्। अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै छ। द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स नामक समूह अनुसार बिहीवार साँझ भएको हवाई हमलामा कम्तीमा ३४ जना […]

नयाँदिल्ली हिंसा: मृतकको संख्या ३२ , झण्डै २०० जना घाइते

नयाँदिल्ली, १५ फागुन । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा प्रहरी र अर्ध सैनिक बल परिचालन गरिएको छ । जिटीबी अस्पतालका निर्देशक सुनिल कुमारले अस्पतालमा […]

भारतले आफ्ना नागरिकसँगै भाइरस सक्रमित नेपालीको उद्धार

काठमाडौं, १५ फागुन । कोरोना भाइरस संक्रमणको डायमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट नेपालीको पनि उद्धार गरिएको छ। भारतले आफ्ना नागरिकसँगै नेपालीको पनि उद्धार गरेको हो  यात्रुमा कोरोना भाइरसको संक्रमण देखिएपछि जापानले राजधानी टोकियोमा पानीजहाजलाई नै क्वारेन्टाइनमा राखेको छ। जसमा ६ सय १३ जना कोरोना भाइरस संक्रमण भएका यात्रु पनि रहेका छन्। जहाजमा सुरुआतमा तीन हजार सात […]

जन्ती बोकेको बस नदीमा खस्दा २४ जना घटनास्थलमै मृत्यु

एजेन्सी, भारतको राजस्थानमा जन्तीबस मैज नदीमा खस्दा २४ जनाको मृत्यु भएको छ । बुधबार सबेरै भएको दुर्घटनामा ३ बालबालिका, १० महिलासहित २४ जनाको मृत्यु भएको हो । बरनबाट सवाई मधुपुर जाँदै गरेको बस बुन्डी जिल्ला अन्तर्गतको कोटा- डौसा राजमार्गबाट नदीमा खसेको थियो । बसमा ४० जना सवार रहेकोमा समयमै उद्धार हुन नसक्दा ठूलो मानवीय क्षति […]

दिल्लीमा दशकौँ यताको सबभन्दा खराब दङ्गा, २० को मृत्यु

एजेन्सी । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छन् । नागरिकता कानूनको बिषयमा भएको हिंसाले साम्प्रदायिक स्वरुप लिएको छ । नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षबाट सुरु भएको प्रदर्शनले हिन्दु र मुस्लिमबीचको हिंसामा बदलिएको बीबीसीले जनाएको छ। हिंसामा कम्तीमा २० जनाको मृत्यु […]

जापान-कोरियामा बढ्दै कोरोना भाइरसको संक्रमण

काठमाडौँ, १४ फागुन । चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका २ दर्जन बढी मुलुकमा फैलिसको छ । लामो समयदेखि महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण चिनमा घट्न थालेको छ । पाँच दिनदेखि संक्रमितको संख्या घट्न थालेसँगै ज्यान गुमाउनेको संख्या पनि घट्न थालेको चिनियाँ स्वास्थ्य विभागले जनाएको छ । बुधबार बिहानसम्म चीनमा कोरोनाको […]

भारतको हिंसा: मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं, १४ फागुन । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकता कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । उक्त नयाँ नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच भएको मुठभेडका क्रममा सवारीसाधनहरूमा आगो लगाइएको थियो। उत्तर–पूर्वी दिल्लीमा आइतबारदेखि फैलिएको हिंसामा परी मंगलबारसम्ममा १३ जनाको मृत्यु भएको भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पुष्टि गरेका छन् […]

नयाँ नागरिकता कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनमा पाँचजनाको मृत्यु

भारतको राजधानी दिल्लीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भ्रमणको केही घण्टाअघि विवादास्पद नयाँ नागरिकता कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा पाँचजनाको ज्यान गएको छ।गत वर्ष उक्त नयाँ कानुन पारित भएपछि विरोध प्रदर्शनहरू गर्ने क्रममा राजधानीमा घटेको सबैभन्दा हिंसात्मक उक्त घटनामा एकजना प्रहरी र चारजना गैरसैनिकहरूको ज्यान गएको हो।उक्त नयाँ नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच भएको […]