काठमाडौं, २५ फागुन । नेपालबाट अस्ट्रेलिया पढ्न गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ । अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ । २० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए । शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट […]
प्रवास
कोरोना संक्रमितलाई राखिएको होटल भत्किदा ७० जना पुरिए
एजेन्सी, चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको एक होटल भत्किँदा ७० जना पुरिएका छन् । दक्षिणी चीनको फुजिएन प्रान्तको च्वान्जू नगरको उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका थिए। तीमध्ये ४७ जनालाई बाहिर निकालिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। भवन भत्किनुको कारण तथा कसैको मृत्यु भए वा नभएको स्पष्ट छैन। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले […]
विनोद चौधरीले ‘ग्लोबल विजनेश समिट’ सम्बोधन गर्ने, नरेन्द्र मोदीसँग पनि भेट
काठमाडौँ, २३ फागुन । चौधरी ग्रुपका अध्यक्षले शुक्रबार इकोनोमिक टाईम्सद्वारा आयोजित ‘ग्लोबल विजनेश समिट’ लाई सम्बोधन गर्ने भएका छन्। विश्वकै प्रतिष्ठित कार्यक्रममध्येको एक उक्त समिट शुक्रबार र शनिबार नयाँ दिल्लीमा आयोजना हुँदैछ । समिटको समुद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम रहेको छ। इकोनोमिक टाईम्सका अनुसार उक्त कार्यक्रममा मोदी सरकारका सात जना वरिष्ठ मन्त्रीहरूले सम्बोधन […]
इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मर्नेको संख्या १४८ पुग्यो, देशभरका स्कूल कलेज बन्द
एजेन्सी, कोरोनाभाइरसको संक्रमणबाट इटालीमा बिहीबार थप ४१ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ । यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो। संसारभर हालसम्म ३२०० सय जना भन्दा बढिको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार मामिलाहरू दर्ता भएका छन्। इटालीका सम्पूर्ण २२ क्षेत्रमा […]
समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु
एजेन्सी, अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको हो । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए। उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा […]
कोरोना त्रास: आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न ट्वीटरको आग्रह
एजेन्सी, २० फागुन । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सामाजिक सञ्जाल ट्वीटरले सावधानी अपनाएको छ । ट्वीटरले आफ्ना कर्मचारीलाई कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप घरबाटै काम गर्न आग्रह गरेको छ । सामाजिक सञ्जाल ट्वीटरले ब्लग पोस्ट गरेर हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीलाई घरबाट काम गर्नु अनिवार्य रहेको जनाएको छ । यस्तै ट्वीटरले विश्वभर […]
कोरोनाभाइरसको प्रकोप: अमेरिकामा थप चारको मृत्यु
एजेन्सी, २० फागुन । संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ । कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ । ज्यना गुमाउने ६ मध्ये पाँच जना किङ्ग काउन्टीका रहेका […]
विदेशीले अब ‘अनअराइभल’ भिसा नपाउन
काठमाडौँ, १९ फागुन । सरकारले कोरोना भाइरसको जोखिम हेरेर नेपाल आउनेहरूलाई ‘अन-अराइभल’ भिसा नदिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले यही फागुन २४ गतेबाट ‘अन–अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण देखिएका देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि […]
भारतीय प्रधानमन्त्रीद्वारा ओलीको सफल शल्यक्रियाको कामना
काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन लागेको मृर्गौला प्रत्यारोपणको सफलताको शुभकामना दिएका छन ।मोदीले आफ्नो आधिकारीक ट्वीट मार्फत् भनेका छन, “मेरा प्रिय मित्र केपी शर्मा ओलीजी तपाईं शल्यक्रियाको सफलता र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।” उनले सन्देशमा अगाडि भनेका छन, “भगवान पशुपतिनाथसँग तपाईंको सुस्वास्थ्य, खुशी […]
नवनियुक्त भारतीय राजदूत क्वात्रा आज नेपाल आउँदै
काठमाडौं, १८ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आज ९आइतबार० नेपाल आउँदैछन् । उनी आफ्नो कार्यकाल सम्हालन आज नेपाल आउन लागेका हुन् । नेपालस्थित भारतीय दूतावासका अनुसार नवनियुक्त भारतीय राजदूत क्वात्रा आज बिहान १०ः१५ मा काठमाडौं आइपुग्ने छन् । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । यसअघि आफ्नो तीन वर्षे कार्यकाल […]








