विदेशीले अब ‘अनअराइभल’ भिसा नपाउन

काठमाडौँ, १९ फागुन । सरकारले कोरोना भाइरसको जोखिम हेरेर नेपाल आउनेहरूलाई ‘अन-अराइभल’ भिसा नदिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले यही फागुन २४ गतेबाट ‘अन–अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण देखिएका देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य प्रमाण(-पत्रसमेत ल्याउनुपर्ने छ । विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपालले पनि उच्च सतर्कता अपनाउन लागेको हो । यसै क्रममा सरकारले बढी संक्रमण भएका देशमा आफ्ना नागरिकलाई नजान आह्वान गर्ने भएको छ ।

साथै ठूलो भेला, भोजभतेरका कार्यक्रम नगर्न र बाहिरबाट पनि त्यस्ता कार्यक्रम आउन लागेको भए सरकारले तत्काल नआउन आह्वान गर्ने भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुटारमा छलफल डाकेका थिए । उक्त छलफलले कोरोना भाइरस रोकथामको पूर्वतयारीका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ ।

Loading...