भारतीय प्रधानमन्त्रीद्वारा ओलीको सफल शल्यक्रियाको कामना

काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन लागेको मृर्गौला प्रत्यारोपणको सफलताको शुभकामना दिएका छन ।मोदीले आफ्नो आधिकारीक ट्वीट मार्फत् भनेका छन, “मेरा प्रिय मित्र केपी शर्मा ओलीजी तपाईं शल्यक्रियाको सफलता र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

उनले सन्देशमा अगाडि भनेका छन, “भगवान पशुपतिनाथसँग तपाईंको सुस्वास्थ्य, खुशी र दीर्घ जीवनको कामना गर्दछु साथै नेपाल भारत सम्बन्धलाई उचाइमा पु-याउन तपाईंको निरन्तर योगदान रहने विश्वास लिएको छु ।”

Loading...