मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाकोमृत्यू तीन घाइते

काठमाण्डौँ, १९ फागुन । काठमाण्डौ- जडिबुटीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । बा ७४ प ९०६३ नम्बरको स्कूटर र बा १३ प ४९१४ नम्बरको मोटरसाइकल राति साढे १० मा ठोक्किँदा आपसमा स्कूटरका चालक काभ्रे घर भई काठमाण्डौको नयाँ वानेश्वरका दोर्जे लामाको ज्यान गएको हो ।

उनको उपचारका क्रममा ललितपुरमा नेपाल मेडिसिटी अस्पतालमा ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । घाइते तीन जनाको उपचार भैरहेको छ ।

Loading...