सांसद राजन दाहाल दुलोमा लुकेको अभिव्यक्ति दिएर उनैसंग कफी पिउन नेकपा(एमाले) का नेता महेश बस्नेत पुगेपछि भक्तपुरको राजनीति तरंगित बन्न पुगेको छ । शनिवार सूर्यविनायक-८ को एमाले वडा अधिवेशनमा ”खै कुन दुलोमा लुकेको छ राजन दाहाल ?” भन्दै प्रश्न गरेका एमाले जिल्ला इन्चार्ज महेश बस्नेत केही बेरमै दाहालसंग कफी पिउन पुगेपछि जिल्लाको राजनीति तरंगित बनेको […]
ननस्टप विशेष
पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ
पूर्व उपप्रधान एवं गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । शुक्रवार पार्टी कार्यालयमा प्रहरी सामू उनले आत्मसमर्पण गरेका हुन् । पक्राउ परेका लामिछानेलाई पोखरा पुर्याइने प्रहरी श्रोतले जनाएको छ । जिल्ला प्रहरी परिसर कास्कीले उनीमाथि अनुसन्धान अघि बढाउने छ । पोखराको सूर्यदर्शन सहकारी ठगी सम्बन्धी अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई पक्राउ […]
निर्माण अघि भौगर्भिक अध्ययन जरुरी : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उनले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको […]
पशुपतिमा राष्ट्रिय मुक्ति क्रान्ति नेपालको दीप प्रज्वलन
ललिता शाह, काठमाडाैँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन गरेकाे छ । मंगलबार मात्रै मन्त्रिपरिषद् निर्णय गरेको राष्ट्रिय शोकको दोस्रो दिन बुधवार सोह्र श्राद्धको अन्तिम दिन पारेर राष्ट्रिय मुक्ति क्रान्ति नेपालले दीप प्रज्वलन गरेकाे हाे । अध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्र महतोको उपस्थितिमा नेता तथा कार्यकर्ताहरुले मृतकहरूको सम्झनामा […]
आदर निकेतन सेवा छिटै सञ्चालन हुने बिजुक्छेँको विश्वास
भक्तपुर नगरपालिकाले १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ज्येष्ठ नागरिकहरुलाई फूलमाला र दोसल्ला ओढाइ सम्मान गरे । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले ज्येष्ठ नागरिकहरु सामाजका सम्पति […]
हनुमन्ते करिडोर पैसा नभएर नबनेको होइन : पूर्व प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर)
भक्तपुर । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण बाढीपहिरोबाट ठूलो क्षति ब्यहोर्नुपरेको बताएका छन् । सरकारले पूर्वतयारी र प्रतिकार्य नगर्दा जनधनको ठूलो क्षति भएको उनको भनाइ छ । मंगलबार भक्तपुरको मध्यपुर थिमि-३ सागबारी क्षेत्रमा हनुमन्ते नदीले पुर्याएको क्षति अवलोकन गर्दै उनले भने, ” मौसम पूर्वानुमान गर्ने निकायले ठूलो वर्षा हुने पहिल्यै प्रक्षेपण गरेपनि सरकारले […]
तारकेश्वका अमिन अख्तियारको फन्दामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले चौलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार लिइसकेको अवस्थामा र श्रोत नखुलेको ३४ हजार सहित तारकेश्वर नगरपालिका- ६ धर्मस्थलीबाट सोमबार पक्राउ गरेको जानकारी दिएको छ । अख्तियारले चौलागाईलाई नियन्त्रणमा लिई थप […]
सेन्ट्रल कलेजमा दशैँ उत्सव (फोटो फिचर)
काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा दशैँ उत्सव गरिएको छ । नजिकिएको वडापर्व दशैँ, तिहार, छठ र नेपाल सम्बत लगायतलाई स्वागत गर्न कलेजमा उत्सव गरिएको हो । सोमबार कलेज प्रांगणमा भएको सो उत्सवमा विद्यार्थीहरुले शिक्षकहरुबाट टीका र आशीर्वाद लिएका छन् भने एक आपसमा शुभकामना साटासाट गरे । उत्सवको प्रमुख आकर्षण भने मण्डला प्रतियोगिता रहेको थियो । प्रतियोगितामा […]
नेपाल प्रधानाध्यापकहरुको अन्तराष्ट्रिय काउन्सिल सदस्यमा निर्वाचित
काठमाडौं । इन्टरनेशनल कन्फिडेरेशन अफ प्रिन्सिपल (आइसीपी)को २१ सदस्यीय काउन्सिल सदस्यमा नेपालबाट प्रधानाध्यापक सुदाम प्रसाद गौतम निर्वाचित भएका छन् । अफ्रिकन देश केन्यामा भएको अधिवेशनबाट गौतमले एशिया प्यासिक क्षेत्रबाट सबैभन्दा बढी मत ल्याइ निर्वाचित भएका हुन् । केन्यामा ३ दिने साधारण सभाबाट आइसीपीको नयाँ नेतृत्व चयन हुँदा एशिया प्यासिफिक रिजनबाट नेपालमात्र निर्वाचित भएको हो । […]
उपराष्ट्रपति यादवसँग पाकिस्तानी राजदुत हाश्मीको शिष्टाचार भेट, यस्तो छ कुरा
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् । बिहीबारबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट भएको हो । भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय तथा अन्तरराष्ट्रिय फोरममा सहयोग लगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उपराष्ट्रपति […]











