अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारले चौलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार लिइसकेको अवस्थामा र श्रोत नखुलेको ३४ हजार सहित तारकेश्वर नगरपालिका- ६ धर्मस्थलीबाट सोमबार पक्राउ गरेको जानकारी दिएको छ ।
अख्तियारले चौलागाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।