नेकपा एमालेका नेता एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनीकाे राजमार्ग अन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको आलोचना व्यहोर्नु परिरहेको बताएका छन् । मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिएको भए पनि जनताले अहिले नै चौरासी गर्न लागिसके भन्दै व्यङ्ग्य गरे । उनले जसलाई जहाँ दुखेको छ त्यहीँबाट आफ्ना कुराहरू […]
ननस्टप विशेष
महानगर र स्वास्थ्य मन्त्रालयबीच सहकार्य, वीरमा महिलाको नि:शुल्क जाँच
काठमाडौ । महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ । अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ । यससम्बन्धमा काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता भएको छ । स्वास्थ्य […]
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्र बहादुर थापा नियुक्त भएका छन् । थापालाई मंगलबार बोर्डको अध्यक्षमा नियुक्त गरिएको पत्र दिइएको हो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले थापालाई नियुक्ति पत्र दिएका हुन् यसअघि थापा बोर्ड सदस्य रहेका थिए ।
माल्दिभ्स पठाइदिन्छु भनेर ठगी, रुचाल प्रहरी नियन्त्रणमा
भक्तपुर । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छ भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् । प्रहरीका अनुसार सो अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका ५१ वर्षीय हरिबहादुर रूचाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो । हरिबहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २४ हजार रूपैयाँ लिई […]
सबैलाई टुकुचामा गाडिदिने महानगरका मेयरको सरकारलाई धम्की
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि सरकारको दम्भले तलब नपाएको भन्दै एक हप्ताभित्र नदिए राम्रो नहुने चेतावनी दिएका हुन्। ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत तीन महिनादेखि तलब पाको छैन, सरकारको दम्भले […]
पूर्व राजालाई पार्टी खोल्न पूर्व सभामुखको सुझाव, चुरीफुरी गरे नागार्जुनबाट लखेट्ने चेतावनी
भक्तपुर । प्रतिनिधि सभाका पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिको मैदानमा उत्रन सुझाव दिएका छन् । संविधान बिपरित चलखेल गरे सह्य नहुने उनको चेतावनी छ । सोमबार नेपाल बुद्धिजीवी संगठनको भक्तपुर जिल्ला सम्मेलनलाई थिमिमा सम्बोधन गर्दै सापकोटाले पूर्व राजा गणतन्त्र विरुद्ध गतिविधि गर्न थाले नागार्जुन […]
कुलमान हटाउने सरकारको निर्णय दुई तिहाईको दम्भ, प्रतिरोध गर्ने प्रचण्ड प्रतिक्रिया
काठमाडौ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको प्रतिरोध गरिने प्रतिक्रिया दिएका छन् । यो निर्णय दुई तिहाई बहुमतको दम्भमा गरिएको उनको प्रतिक्रिया रहेको छ । निर्णयको घोर निन्दा गर्दै यसको प्रतिरोध गरिने अध्यक्ष प्रचण्डले प्रष्ट […]
तीन दलका शिर्ष नेताको बैठक, टीआरसीका लागि सिफारिस समिति बनाउने समझदारी
काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेताको बैठक सिंहदरवारमा सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयमा तीन दलका शिर्ष नेताको बैठक भएको हो । समसमायिक राजनीतिक बिषयसहित मुख्यतयाः संक्रमणकालिन न्यायका बिषयमा सो छलफल केन्द्रित रहेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बताए । बैठकमा संक्रमणकालीन न्याय निरुपण (टीआरसी)का लागि नयाँ सिफारिस समिति […]
प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशमा शर्माको नेतृत्वमा नयाँ कार्यसमिति
सुर्खेत । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनले प्रतीक इच्छुक शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नव-निर्वाचित कार्यसमितिको उपाध्यक्षमा धर्मराज जि.सी, उपेन्द्र प्रसाद न्यौपाने र तुलसा रोका छन् । महासचिवमा असोक कुमार सिंह, तथा सचिवमा तिलकराज वली, नरजङ्ग तामाङ, जुना कुमारी रावत, प्रिमा कुमारी विश्वकर्मा (प्रेरणा) र तुलाराज चौलागाईं (आकाश) चयन […]
गौतमको नेतृत्वमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ
पर्सा । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्वाचित भएका छन् । सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट गौतमको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास र महासचिवमा शिवजीप्रसाद कलवार निर्वाचित भए । त्यस्तै सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान,कोषाध्यक्षमा अनोज रुङ्गटा, सहकोषाध्यक्षमा निरज अग्रवाल र […]











