बिस्का जात्रामा रथले किच्दा गयो युवकको ज्यान

भक्तपुर । भक्तपुरमा जारी विस्का जात्राको चौथो दिन आइतबार रथको पाङ्ग्राले किचेर एक जनाको ज्यान गएको छ । ज्यान जाने पुरुष ब्यक्ति भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भैरवनाथको रथलाई ग:हिटीबाट भेलुखेलतर्फ लैजानेक्रममा रथको पाङ्ग्राले किच्दा उनको ज्यान गएको बताइएको छ ।

राति करिब ८ बजेको समयमा दुर्घटना भएको हो । अन्दाजी ३२-३४ वर्षका युवक देखिने उनलाई उद्धार गरी ख्वप अस्पताल लगिएको थियो ।

घटनाको बिस्तृत विवरण आउन बाकी छ ।

अपडेट : मृतक ब्यक्ति भक्तपुर-४ गहिटीकै ३४ वर्षिय  युवक सुशील तमखु रहेका प्रहरीले पुष्टि गरेको छ । जात्राको क्रममा ज्यान गएका ब्यक्तिको पोस्टमार्टम नहुने परम्परा बमोजिम शव परिवारले जिम्मा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले बताएका छन् ।