सम्झना कार्ल मार्क्सकाे 

सन् १९६४ मा ‘प्रथम अन्तर्राष्ट्रिय समाजवादी संगठन’को स्थापना भयो । प्रथम अन्तर्राष्ट्रियमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स मात्र थिएनन् । उनीहरूको विचारधारासँग सहमत नहुने राजनीतिक व्यक्ति, समूह र संस्था पनि यस संगठनमा आबद्ध थिए । यस संगठनमा मजदुर वर्गको बाहुल्य थियो । उन्नाइसौँ शताब्दीमा सिंगो युरोप र अमेरिकासमेत पनि औद्योगिकीकरणतर्फ बढिरहेका थिए । प्रथम अन्तर्राष्ट्रिय […]

पाँचै आयुक्तलार्इ करोडका गाडी किन्न टेन्डर आह्वान

काठमाडौं, ३१ असार । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित पाँचैजना आयुक्तका लागि महँगो गाडी खरिद गर्न निर्वाचन आयोगले टेन्डर आह्वान गरेको छ। तत्काल नयाँ गाडी आवश्यक नभएको र प्रक्रिया नपुर्‍याई महँगो गाडी खरिद गर्न नहुने अडान राखेका सचिव गोपीनाथ मैनालीलाई आयोगबाट सरुवा गरेपछि टेन्डर आह्वान गरिएको छ। प्रमुख निर्वाचन आयुक्त यादवसहित आयुक्तहरूको दबाबमा सचिव मैनालीलाई […]

भत्ता काटिएपछि राजधानीमा ट्राफिक जाम बढ्यो

काठमाडौं, ३० असार । गल्ती गर्नेलाई ठाउँको ठाउँ चिट काटेर थमाउने ट्राफिक प्रहरीमा अचेल खासै जाँगर देखिँदैन । सवारीसाधन ब्यवस्थापनमा खटिएका उनीहरु चालकका सानातिना गल्तीलाई बेवास्ता गर्न थालेका छन् । गल्ती गर्नेलाई चिट काटिहाले पनि तिनको अनुहार पहिलेजस्तो हँसिलो हुँदैन । केही साता अघिसम्म लेन मिच्नेलाई तत्कालै राकेर जरिवानाको चिट काट्ने ट्राफिकलाई अचेल लेन मिच्नु […]

भैरव अर्यालको भानुभक्तमाथिको झटारो- अमरावति कान्तिपुरी नगरी

Bhanubhakta Acharya

‘उहाँ छउन्जेल डिट्ठाविचारीसित बिन्ती बिसाउँदैमा बित्यो, कहिले उडुस–उपियाँको नाचगान हेरेर झ्यालखाना रुङ्दैमा बित्यो, कविता लेख्ने कत्रो धोको हुँदाहुँदै पनि मन फुकाएर मनग्ये ठेली लेख्नै पाइएन’ स्वर्ग पुगेकै दिन आदिकवि भानुभक्तले नन्दनवनस्थित उर्वशी–पार्कमा टुसुक्क बसेर अपशोचको एक सुस्केरा हाले । उर्वशी– पार्कको रमिता बयान गरिनसक्नु थियो । त्यसमाथि बिर्खे टोपी र छड्के पछ्यौराको कसिएका निकै पुड्का […]

मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

काठमाडौँ, २९ असार । सरकारले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त गरेको हो । विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिनुभएका क्षेत्रीले २०४१ साल पुस १९ गते शाखा अधिकृतमा सेवा प्रवेश […]

सरकारतर्फ कर्के नजर नलगाउन कामु प्रधानन्यायाधीशलाई अाग्रह

काठमाडौँ, २९ असार । कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसँग मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले न्यायिक स्वतन्त्रता, निष्पक्षता, दक्षता र पारदर्शीलगायतका विषयमा समाजले अघि सारेको १० बुँदे अवधारणाबारे ध्यानाकर्षण गराएको छ । व्यवस्थापिका र न्यायपालिकाको गरिमा र मर्यादा उचो राख्न सम्बन्धित निकायका नेतृत्व वर्गलगायतले विशेष ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गराउँदै प्रतिनिधिमण्डलले विगतमाजस्तो न्यायपालिकाको नेतृत्वले सरकारको नेतृत्व गर्ने गलत […]

जनार्दनलार्इ कडाभन्दा कडा कारवाही गर्न माग गर्दै बाबुराम पुगे देउवासँग

काडमाडाैं, २८ असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरलार्इ कारवाही गर्न माग गर्दै नयाँ शक्ति नेपालका संयाेजक डा. बाबुराम भट्टरार्इ प्रधानमन्त्री शेरबहादुर देउवासँग पुगेका छन् ।  देउवा सरकारमा गृहमन्त्री रहेका जनार्दन यसअघि उर्जा मन्त्री हुँदा गरेका कामकाजका फेहरिस्त लिएर बाबुराम प्रम देउवाकाेमा पुगेका हुन् । डा. भट्टरार्इले उर्जामन्त्री हुँदा जनार्दनले ठूलाे कमजाेरी गरेकाे दावी गरेका छन् […]

रत्नपार्कको २५ तले भ्यूटावर नबन्दै ढल्यो । निर्माता कम्पनीसँगको सम्झाैता रद्द

अाशिष दर्नाल काठमाडाैं । रत्नपार्कमा रहेकाे पुरानाे बसपार्क हटाएर २५ तले भ्यू टावर बनाउने याेजना तुहिएकाे छ । अब साे ठाउँमा भ्यू टावर नबन्ने पक्कापक्की भएकाे छ । काठमाडाैं महानगरपालिकाले भ्यू टावर निर्माता कम्पनीले एक वर्ष बितिसक्दा पनि खास काम नगरेपछि कम्पनीकाे सम्झाैता नै रद्द गर्ने प्रक्रियामा अघि बढेकाे छ । जलेश्वर विकाेइ स्वछन्द नामकाे […]

सबैलाई रिहा नगरेमा उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्छः प्रकाण्ड

काठमाडौं, २७ असार । नेपाल कम्युनिस्ट पार्टीले अहिलेसम्म गैरकानूनी रुपमा गिरफ्तार गरिएका झुठा मुद्दामा फसाइएका पार्टीका सबै नेता कार्यकर्तालाई रिहा नगरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ । मंगलबार साँझ नेकपाका प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ति जारी गर्दै बिनाकारण गिरफ्तार गरी बन्दी बनाई झुठा मुद्दा लगाइएका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्नुको […]

व्यापारी अपहरणमा सम्लग्न पुजा घर्ती पक्राउ

Puja-Gharti

दाङ, २७ असार । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठकाे अपहरणमा सम्लगन् पुजा घर्तीलार्इ प्रहरीले पक्राउ गरेकाे छ । घर्तीले अाफ्ना बाबुकाे निर्देशन अनुसार व्यापारी श्रेष्ठलार्इ तुलसीपुरबाट बाेलाएर सल्यान लगेकी थिइन । सल्यान पुगेपछि पुजाका बाबुकाे टाेलीले उनलार्इ अपहरण गरेर केही दिनपछि हत्या गरेकाे थियाे । बाबु र छाेरी मिलेर व्यापारी अपहरण गरेर हत्या गरेकाे याे घटना […]