काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) दुई खेल हुने भएका छन्। दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन्। पहिलो खेल ११ः१५ बजे हुनेछ जहाँ कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। हालसम्म कुनै जित दर्ता गर्न नसकेको कर्णाली याक्स आज आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रनेछ भने लुम्बिनी लायन्सले यसअघि खेलेको […]
खेलकुद
एनपीएलमा सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखराको दोस्रो हार
काठमाडौं । टियू क्रिकेट मैदानमा जारी दोस्रो एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको पाँचौं दिनको खेलमा पोखरालाई १८ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनायो। सुदूरपश्चिमले लगातार २ खेल जित्दा पोखराले भने लगातार दोस्रो हार व्यहोरेको […]
सुदूरपश्चिमले पोखरालाई जितका लागि दियो १९४ रनकाे लक्ष्य
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले १९४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनायो । सुदूरपश्चिमका लागि जोस ब्राउनले ६८ रनको अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ६ […]
भक्तपुरका क्रिकेटप्रेमीलाई रुटिन अफ नेपाल बन्दको नि:शुल्क बस सेवा
भक्तपुर । नेपाल प्रिमियर लिग (NPL) हेर्न त्रिभुवन विश्वविद्यालय (TU) क्रिकेट मैदान पुग्ने दर्शक, विशेष गरी भक्तपुरका क्रिकेट प्रशंसकहरूका लागि ‘रुटिन अफ नेपाल बन्द’ (RONB) ले नि:शुल्क यातायातको ब्यवस्था मिलाएको छ । खेल हेरेर राति फर्किँदा सार्वजनिक यातायात नपाउने समस्याबारेको गुनासोपछि RONB ले यो पहल गरेको हो । क्रिकेटका दर्शकमाथि परेको असुविधालाई ध्यानमा राख्दै बिहीबार […]
एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राईनोजबिच खेल, लुम्बिनी बिजयी
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई पहिलो खेलमा पराजित गरेको छ । कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको दोस्रो संस्करणको पाँचौ खेलमा लुम्बिनीले चितवनमाथि ६ विकेटको जित हासिल गरेको हो । चितवनले दिएको १ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका […]
काठमाडौँलाई पराजित गर्दै एनपीएलमा सुदूरपश्चिमको विजयी सुरुआत
काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको हो । यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा देखिएको काठमाडौंलाई दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो । सुदूरपश्चिमको जितमा हर्मित सिंहले अलराउण्ड प्रदर्शन […]
एनपीएल : विराटनगरको विजयी सुरुवात, पोखरा एभेन्जर्समाथि ५३ रनको जित
काठमाडौँ । विराटनगर किङ्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्समाथि ५३ रनको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १६७ रन बनायो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ५९ […]
नेपाल प्रिमियर लिग : चितवनले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्तो
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ । राइनोज र कर्णाली याक्स आमनेसामने हुँदा टस जितेर चितवनले पहिला बलिङ गर्ने निर्णय गरेको हो । दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन् । युवा अलराउन्डर कुशल मल्लको कप्तानीमा रहेको चितवनमा सोहेल तनबिर र रवि बोपरा जस्ता अनुभवी […]
एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ । चितवन कुशल मल्लका कप्तानीमा मैदान […]
एनपीएल उद्घाटनमा जनकपुर बोल्ट्स काठमाडौँ गुर्खाजसँग ५ विकेटले पराजित
काठमाडौँ । आजबाट सुरु भएको एनपीएलको दोस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई काठमाडौँ गुर्खाजले पराजित गरेको छ । टीयू क्रिकेट मैदानमा साँझ भएको खेलमा काठमाडौँ गुर्खाजले जारी सिजनको पहिलो खेल ५ विकेटको जित दर्ता गर्न सफल भएको हो । १३१ रनको लक्ष्य काठमन्डुले १२ बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो । काठमाडौँको जितमा ब्रेन […]










