टिकटकमा भाइरल कच्चा बदाम : गायकले पाए ३ लाख, बंगालदेशबाट पनि अफर

काठमाडौ, ७ फागुन । भुवन बादायकरलाई एक म्युजिक कम्पनीले उनको भाइरल गीत कच्चा बदामका लागि लाखौँ रुपैयाँ दिएको छ भने पश्चिम बंगाल प्रहरीले उनलाई सम्मानित पनि गरेको छ । उनलाई दिल्ली, मुम्बई र बंगलादेशदेखि कयौँ अफर पनि आइरहेको । हालै एक अन्तरवार्तामा भुवनले एक म्युजिक स्टुडियोसँग एक गीत सुटिङ गरेको तर त्यसबापत आफूले एक रुपैयाँ […]

‘बब्ली बाउन्सर’ बन्दै तमन्ना

काठमाडौं, ७ फागुन । भारतीय अभिनेत्री तमन्ना भाटियाले निर्देशक मधुर भण्डारकरको नयाँ चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । उनी मधुरले निर्देशन गर्न लागेको ‘बब्ली बाउन्सर’को शीर्ष भूमिकामा देखिंदैछिन् । यो चलचित्रको छायांकन शुक्रबारबाट भारतको मोहालीमा सुरु भएको छ । चलचित्रलाई यो वर्षको अन्त्यमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रलाई हिन्दी, तमिल र तेलुगू […]

वाइन उद्योगको शेयर बेचेपछि एन्जेलिना जोलीविरुद्ध ब्राड पिटले हाले मुद्दा

काठमाडौं, ७ फागुन । हलिउड अभिनेता ब्राड पिटले पूर्वपत्नी एवं अभिनेत्री एन्जेलिना जोलीविरुद्ध मुद्दा हालेका छन् । जोलीले संयुक्त लगानी रहेको एक वाइन व्यवसायको शेयर रुसी व्यापारी युरी शेफ्लरलाई बेचेपछि ब्राड पिटले मुद्दा हालेका हुन् । पिटले शेयर बेच्ने जोलीको कदम खारेज गर्न र यसबाट आफूलाई हुन पुगेको क्षतिपूर्ति माग गर्दै मुद्दा हालेको मेट्रो डटकमले […]

के हो चर्चित गीत ‘नोगेन’को अर्थ ?

काठमाडौं, ७ फागुन । गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बूको स्वर रहेको ‘नोगेन’ बोलको गीत सुपरहिट भयो । सार्वजनिक भएको १२ दिनमै युट्युबमा ४० लाखभन्दा बढी भ्युज बटुलेको यो गीतले युट्युबमा दर्शकको प्रशंसा नै प्रशंसा कमाएको छ । यति मात्र होइन, यही गीतबाट संगीतकार महेश खड्काले पनि धमाकेदार कमब्याक गरेका छन् । गीतमा महेशकै […]

म्युजिक भिडियो फापेका पल चल्लान् त हलमा?

काठमाडौं, ७ फागुन । पल शाह केही दिन यता आफ्नो प्रदर्शनोन्मुख फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रमोसनमा व्यस्त छन्। फागुन १३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई लिएर निर्माण पक्षले प्रचारका विभिन्न शैलीहरु अपनाएको छ। निर्माण पक्ष फिल्मका अभिनेता र अभिनेत्रीसँग कहिले सिनेमा हलमा पुगिरहेको छ त कहिले फरक फरक भाषाका म्युजिक भिडियो निर्माण गरेर फिल्मको […]

‘बगान’ निर्देशन गर्दै सरोज खनाल

काठमाडौ, ७ फागुन । अभिनेता सरोज खनाल पनि फिल्म निर्देशकको रुपमा देखिने भएका छन् । उनी फिल्म ‘बगान’ बाट निर्देशकको रुपमा अगाडि आउन लागेका हुन् । फिल्मको अहिले छायांकन भइरहेको छ । करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीलगायतको मुख्य भूमिका रहने फिल्ममा उनी पनि देखिँदैछन् । फिल्म सुरेश वाग्लेसँगको सहकार्य गरेर सरोज आफैंले निर्माण […]

बलिउडका चर्चित ‘आइटम गर्ल’ जो गुमनाम भए

काठमाडौ, ७ फागुन । आइटम गीतलाई फिल्मको मुटु मानिन्छ । यी गीतको शब्दले फ्यानलाई जति प्रभावित बनाउँछ, गीतमा आइटम नृत्य गर्ने अभिनेत्रीको हटनेस र ग्ल्यामरले दर्शकलाई उत्तिकै उत्तेजित र मोहित तुल्याउँछ । फिल्मको प्रचारप्रसारको एक प्रमुख माध्यम आइटम गीत बन्दै आएको छ । आइटम गीतमा अभिनय गर्ने अभिनेत्रीहरुको लोकप्रियतालाई नयाँ उचाई दिन्छ । तर, एउटा […]

पूजा र हवन गर्न अल्लू अर्जुनलाई ज्योतिषको सुझाव

काठमाडौं, ६ फागुन । दक्षिण भारतीय स्टार अल्लू अर्जुन अहिले चर्चाको विषय बनेका छन् । उनको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर नै लोकप्रियता पाइरहेको छ । फिल्ममा अल्लूका साथ अभिनेत्री रश्मिका मन्दाना प्रमुख भूमिकामा छन् । यो फिल्म हेरेका अधिकांश दर्शकले अहिले फिल्मको संवाद र अल्लूकै शैली अपनाइरहेका छन् । अहिले अल्लूका फ्यानहरूलाई अल्लूको भविष्य […]

दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई अध्यागमनले फर्कायो

काठमाडौं, ६ फागुन । सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ । शुक्रबार काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट सांस्कृतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको टोलीलाई विमानस्थलबाट फर्काइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । दुबई जाने कलाकारको टोलीमा ३५ जना रहेको र […]

अनमोलको फिल्ममा किन दोहोरिंदैनन् हिरोइन ?

काठमाडौं, ६ फागुन । अभिनेता अनमोल केसीले अभिनय गरेको आठौं चलचित्र हो ‘ए मेरो हजुर ४’ । यो चलचित्रसम्म आइपुग्दा अनमोलले एक जना मात्र अभिनेत्रीसँग दोहोर्‍याएर काम गरेका छन् । होइन भने उनले अभिनय गरेका चलचित्रका सबै अभिनेत्री नयाँ हुन् । जसमध्ये अधिकांश अभिनेत्रीहरु चलचित्र क्षेत्रमा स्थापित पनि छन् । अनमोलले चलचित्र ‘ए मेरो हजुर […]