वर्षा सिवाकोटी भन्छिन्– पर्दाको चमकधमकभन्दा पर नितान्त व्यक्तिगत जीवन पनि हुन्छ

काठमाडौं, १५ माघ । कलाकारलाई लिएर आम मानिसमा एउटा बुझाइ छ– उनीहरु सार्वजनिक व्यक्ति भएकाले उनीहरुका सबै सबै कुरा सार्वजनिक चासोका विषय हुन्छन्। त्यसैले त, नेपाली कलाकारका सानाभन्दा साना विषयले पनि मिडियामा हेडलाइन र गसिपको रुप लिइरहेका हुन्छन्। सार्वजनिक र कलाकारिताभन्दा फरक र उनीहरुको व्यक्तिगत विषयलाई लिएर पनि सर्वसाधारणदेखि सञ्चारमाध्यममा उनीहरुमाथि तर्क भइरहेका हुन्छ्न। यो […]

ऋतिकसँग राति रेस्टुरेन्टमा हात समातेर हिँड्ने यी केटी को हुन् ?

काठमाडौ, १५ माघ । बलिउड अभिनेता ऋतिक रोशन शुक्रबार (जनवरी २८) राति मुम्बईको एक रेस्टुरेन्ट बाहिर देखिए। उनी रेस्टुरेन्टबाट बाहिर निस्कँदा सँगै एक जना युवती पनि देखिइन्। ऋतिकले ती युवतीको हात समातेर आफ्नो कार भित्र बसाइरहेका थिए। यस क्रममा अभिनेता ऋाितकसँगै ती केटीले पनि अनुहारमा मास्क लगाएकी थिइन्, जसले गर्दा यो केटी को हो भनेर […]

सम्बन्ध राम्रो देखाउने प्रयासमा वर्षा

काठमाडौं, १५ माघ । अघिल्लो साता एकाएक अभिनेत्री वर्षा राउत चर्चामा आइन्। अभिनेतासमेत रहेका श्रीमान सञ्जोग कोइरालासँग सम्बन्ध चिसिएको खबरले उनलाई चर्चामा ल्यायो। सामाजिक सञ्जाल इन्स्टाग्राममा श्रीमानको फोटो हटाएपछि यो हल्ला भुसको आगोझैँ फैलिएको थियो। धेरैले वर्षा र सञ्जोगको सम्बन्ध बिग्रिएर एक्लाएक्लै बस्न थालेको समेत हल्ला गरे। यो हल्ला चिर्न वर्षालाई अहिले सकस परिरहेको छ। […]

कसैको सम्बन्ध धरापमा : कसैको कसियो लगनगाँठो

काठमाडौ, १५ माघ । फिल्म क्षेत्रमा कलाकारको प्रेम सम्बन्धको मात्रै चर्चा हुँदैन। सम्बन्ध बिग्रिएको प्रसङ्गले पनि उत्तिकै स्थान पाउने गरेका छन्। पछिल्लो समय अभिनेत्री वर्षा राउत र उनका श्रीमान् कलाकार संजोग कोइरालाको सम्बन्धलाई लिएर फिल्म उद्योग तातेको छ। उनीहरुको सम्बन्धमा दरार आएको खबरको राप वर्षा र संजोगसम्म पुग्न समय लागेन। वर्षा र संजोगलाई फिल्म उद्योगको […]

केकी अभिनित गीत ‘सिंगौरी ४’ सार्वजनिक

काठमाडौं, १५ माघ । अभिनेत्री केकी अधिकारी र युगल पोमो लिम्बुको रोमान्स रहेको गीत ‘सिंगौरी ४’ सार्वजनिक भएको छ । गीतमा केकी र युगलको अलवा मोडेल ह्यारी योञ्जनको समेत अभिनय देख्न सकिन्छ । कमल राईले निर्देशन गरेको भिडियोमा त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ । सुमित गुरुङको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा अनिलकुमार महर्जनको सम्पादन […]

‘यो माया’ बोलको गीत सार्वजनिक

काठमाडौं, १५ माघ । निशद सिंहको स्वर, शब्द र संगीतमा ‘यो माया’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । साज सिंहको एरेञ्ज रहेको गीतमा रुविन शाहीको मिक्सिङ छ । गोविन्द राईको निर्देशन गीतको भिडियो सुन्दर बनेको छ । रोमान्टिक लभ स्टोरी गीतको भिडियोमा संजिव मगर र पूजा श्री फिचर्ड छन् । निर्देशक राईकै कन्सेप्ट रहेको […]

वर्षाको माया कसलाई ?

काठमाडौं, १५ माघ । सामाजिक सञ्जालमा कलाकारहरु आफ्ना दैनिक क्रियाकलापको तस्वीर पोस्ट गर्छन् । अझ कलाकारले कहिलेकाही सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्वीर फ्यानहरुमाझ चर्चाको विषय समेत बनिदिन्छ । नायिका वर्षा सिवाकोटी प्रेममा परेदेखि नै उनको सामाजिक सञ्जालका तस्वीर र स्टाटसहरुमा मायाको आशक्ति प्रकट हुने गरेको छ । वर्षा सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेर गसिप बजारमा […]

केकी र युगल पोमो फिचर्ड ‘सिंगौरी ४’ को रिलिज

काठमाडौं, १५ माघ । गीतकार एवम् संगीतकार शशी गुरुङ वाङदेलले ‘सिंगौरी ४’ निर्माण गरेका छन् । पूर्बेली भाका संकलन गरी संगीत भरेको ‘सिंगौरी’ ले २ करोड ५० लाख अर्गानिक भ्यूज बटुल्दै नेपाली सांगीतिक छेत्रमा तहल्का मच्चाएपछि यसको स्वीक्वेल निर्माण गरिएको हो । ‘सिंगौरी २’ र ‘सिंगौरी ३’ को समेत सफलतापछि बाङदेलले ‘सिंगौरी ४’ निर्माण गरिएको […]

आरोही निर्मल पुर्जाले भेटे सलमानलाई, दिए नेपाल आउने निम्तो

काठमाडौ, १५ माघ । नेपालका चर्चित हिमआरोही निर्मल पुर्जाले बलिउड अभिनेता सलमान खानलाई मुम्बईमा भेटेका छन्। बलिउड अभिनेता खानलाई भेटका क्रममा उनले आफ्नो बायोग्राफी पनि उपहारस्वरुप दिएका छन्। नेपालका खर्बपति विनोद चौधरीका छोरा एवम् चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीसँगै उनले सलमानलाई भेटेर नेपाल भ्रमणको पनि निम्तो दिएका छन्। बितेको ७ महिनामा विश्वका १४ अग्ला हिमाल […]

पुरा होला त उषाको लगातार फिल्म खेल्ने इच्छा ?

काठमाडौ, १५ माघ । एक समय फिल्म र रंगमञ्च दुबैमा सक्रिय थिइन् अभिनेत्री उषा रजक । विवाह बन्धनमा बाँधिएपछि श्रीमान्को साथमा कीर्गिस्थान उडेकी उनी फिल्मबाट बाहिर पनि रहिन् । ‘इकु’, ‘कुसुमे रुमाल २’, ‘कथा’ लगायत फिल्म अभिनय गरेकी उषालाई फेरि फिल्ममा फर्काउने काम भने केही साता अगाडि रिलिज भएको ‘कठपुतली’ ले गर्यो । फिल्मका लागि […]