मिसेस एण्ड मिस गुरुङको तेस्रो सिजनको अडिसन सम्पन्न

काठमाडौँ । यो वर्षको ‘मिसेस एण्ड मिस गुरुङ’को पहिलो अडिसन सम्पन्न भएको छ।

हरेक वर्ष एस के ईन्टरटेनमेन्टले आयोजना गर्दै आएको यो प्रतियोगिताको पहिलो अडिसन काठमाडौँमा गरिएको हो।

अडिसनमा काठमाडौँ भित्र तथा काठमाडौँ बाहिरबाट ४० जनाले सहभागिता जनाएका छन्।

गुरुङ समुदायका अबिबाहित र बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा नायक रमेश उप्रेती, कोरियोग्राफर रोजिन शाक्य,नायक आनन्द गुरुङका साथमा यस अघिका सिजनाका विजेताहरु निर्णायकका रुपमा उपस्थित भएका थिए।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीलाई एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ।

प्रतियोगीले आफूले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा विश्वास बढाएर भोलिको दिनमा ट्रेनिङबाट सिकेको कुराहलाई उपयोग गर्न सक्ने बनाउनु आयोजकको मुख्य लक्ष्य रहेको शान्ता तामाङ बताउँछिन्।

Loading...