पहिलो किस्ता लिएर घर बनाउन नपाएकालाई ऋण सहयोग

काठमाडौँ, ८ कात्तिक । पहिलो किस्ता पाएर पनि घर बनाउन नपाएका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि रु तीन लाख ऋण सहयोग पाउने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युके एड सक्षम टु फाइनान्सबीच गोरखा र धादिङका भूकम्पपीडितलाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्न आज सम्झौता गरिएको छ । समक्षदारीपत्रमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत […]

जापानमा १८ लाख डलरको हीरा चोरी

टोकियो, ८ कात्तिक । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो । टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए। योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा […]

नेपालको व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार, दक्षिण एशियामा तेस्रो

काठमाडौँ, ७ कात्तिक । नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०’ अध्ययन प्रतिवेदनले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य प्रगति भई भारत र भुटानपछि तेस्रो स्थानमा रहेको जनाएको छ […]

आठ अर्बभन्दा बढी राजश्व सङ्कलन

विराटनगर, ६ कात्तिक । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महीनाको अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा रु चार अर्ब ९४ करोड ९३ लाख ५० हजार कमी हो । उक्त अवधिका लागि विराटनगर भन्सार कार्यालयलाई कूल रु १३ अर्ब ९४ […]

तेस्रो किस्ता लिने क्रममा वृद्धि

पोखरा, ६ कात्तिक । विसं २०७२ सालको भूकम्पपछि कास्की जिल्लामा लाभग्राही सूचीकृत भएकामध्ये एक हजार ७०० ले तेस्रो किस्ता लगेका छन् । जिल्लामा कूल छ हजार २६ जना लाभग्राही सूचीकृत भएकामध्ये पहिलो किस्ता पाँच हजार ४९२ ले र दोस्रो किस्ता दुई हजार ७५९ ले लगेको जिल्ला कार्यान्वयन एकाइका प्रमुख इञ्जिनीयर नवराज शर्माले जानकारी दिए । […]

ईंटाको गुणस्तर निर्धारण गर्न प्रयोगशाला निर्माण

कात्तिक ५ ,ललितपुर ।   ईंटा उत्पादन गर्दै आएका उधोगीले गुणस्तर र भूकम्प प्रतिरोधी ईंटा बनाउने उदेश्यले अध्ययन तथा अनुसन्धान गर्ने प्रयोगशाला निर्माण गरिएको छ । नेपाल इट्टा उद्योग महासंगले मंगलबार ललितपुर स्थित इमाडोलमा निर्माण गरेको हो । परम्परागत पुरानो प्रविधि भन्दा नयाँ आधुनिक र बैज्ञानिक प्रविधि अपनाउदा आफुहरुले उत्पादन गरेका इट्टा गुणस्तर हुनुका साथै वातावरणमा […]

यसरी गरिदैछ सिस्नुको बजारीकरण

मेलम्ची, ५ कात्तिक । इन्द्रावती गाउँपालिका–२ कुञ्चोकमा उत्पादित सिस्नुको पाउडर बजारीकरण गर्ने अभियानमा महिला सक्रिय बनेका छन् । गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अग्र्यानिक बनाएर बिक्री गर्न महिला एकजुट भएका छन् । कुञ्चोकका महिलाले बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले खेतबारीका केही भागमा सिस्नुलाई व्यावसायिकरूपमा […]

प्रसिद्ध तीर्थस्थल ग्रहौँसुर मन्दिरमा उन्नाइस लाख भेटी सङ्कलन

वालिङ, ४ कात्तिक । स्याङ्जाको प्रसिद्ध तीर्थस्थल ग्रहौँसुर मन्दिरमा बडादशैँको अवधिमा रु १९ लाख ५० हजार भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ मा रहेको ग्रहौँसुर मन्दिर परिसरमा प्रहरी पोष्ट निर्माणका लागि रु आठ लाख २० हजार सङ्कलन भएको छ । ग्रहौँसुर धार्मिक एवम पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाणका अनुसार भेटीस्वरुप रु तीन लाख एक […]

जताततै मापदण्ड विपरित क्रसर, न्यूनतम मापदण्ड तोक्न सिफारिश

काभ्रेपलाञ्चोक, ४ कात्तिक । जिल्लामा वर्षौँदेखि अवैधानिक (मापदण्ड विपरीत) रूपमा सञ्चालनमा रहेका क्रसर तथा रोडा–ढुङ्गा खानीको न्यूनतम मापदण्ड तोकिदिन सिफारिश गरिएको छ । जिल्ला समन्वय समितिले जिल्लामा वर्षौँदेखि मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको अनुगमन प्रतिवेदनका आधारमा न्यूनतम मापदण्ड तोकिदिन प्रदेश नं ३ स्थित वन पर्यटन तथा उद्योग मन्त्रालयलाई सिफारिश […]

नेपालमा एशियाभरिका बाख्रा विज्ञहरुको सम्मेलन सुरु

भरतपुर, ४ कात्तिक । चितवनमा आइतबारदेखि एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको आयोजनामा शुरु भएको सम्मेलनमा विभिन्न १७ देशका बाख्रासम्बन्धी विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनको एक कार्यक्रमका बीच राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावलले उद्घाटन गरे । कात्तिक ६ गतेसम्म […]