प्रमुख भन्सार नाकाहरुमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिदै

काठमाडौं, २४ कार्तिक । सरकारले देशका मुख्य भन्सार नाकाहरूमै तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने प्रयोगशाला राख्ने भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको हो। विभागका अनुसार नेपालमा खाद्य तथा पेय पदार्थ आयात हुने वीरगंज, काकडभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङलगायत मुख्य भन्सारमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिनेछन्। विभागकी […]

भेरी बबईमा शेयर बाँडफाँटको टुङ्गो

सुर्खेत, २२ कात्तिक । सङ्घीय सरकारले राष्ट्रिय गौरवको भेरी–बबई डाइसर्भन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्का लागि कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । ‘जनताको जलविद्युत् योजना’ अन्तर्गत स्थानीय, प्रदेश, सङ्घ र जनताको सहभागिता रहने गरी कम्पनी स्थापना गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको कम्पनीको ढाँचामा ५१ प्रतिशत सरकार र […]

१२ करोड महशुल नतिरेको रघुपति जुट मिललाई किस्ताबन्दीमा ४४ किस्तामा महसुल तिर्न प्राधिकरणको पत्र

काठमाडौँ, २२ कात्तिक । विगतमा डेडिकेटेड र ट्रङ्क लाइन लिएर तोकिएअनुसार महसुल भुक्तानी नगरेका ग्राहकलाई किस्ताबन्दीमा महसुल तिर्न दिने नेपाल विद्युत् प्राधिकरणको निर्णय कार्यान्वयन गर्न थालिएको छ । प्राधिकरण सञ्चालक समितिको यही कात्तिक १६ र १७ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार नै उद्योगीलाई मर्का नपर्ने गरी किस्ता तय गरिएको छ । प्राधिकरणले सोही निर्णयअनुसार रघुपति […]

टोखामा ९९.२१ प्रतिशत राजश्व सङ्कलन

काठमाडौँ, २२ कात्तिक । टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ । नगरपालिकाले आव २०७५/७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु १५ करोड १८ लाख ७० हजार ५६७ राजश्व सङ्कलन गरेको राजश्व शाखा प्रमुख दामोदर भण्डारीले जानकारी दिए । करदातालाई करको […]

लक्ष्यभन्दा रु ४७ करोड बढी राजश्व सङ्कलन

काठमाडौँ, २२ कात्तिक । सानो भ¥याङस्थित प्रदेश नं ३ को यातायात व्यवस्था कार्यालयले आव २०७५÷०७६ मा रु एक अर्ब ४७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले रु एक अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा थप रु ४७ करोड वृद्धि भएको जनाएको हो । सवारी साधन कर सङ्कलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी […]

सिल्क एयरबाट काठमाडौं ओर्लनेबित्तिकै छोरीसहित समातिएका व्यापारी रुप ज्योति विरुद्ध प्रहरीको यस्तो तयारी

काठमाडौं । प्रहरीले हाउजिङको नाममा ठगी गरेको आरोपमा पूर्व सहायक अर्थमन्त्री रुप ज्योति र उनकी छोरी सुरुचीविरुद्ध ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट थप गराएर अनुसन्धान अगाडि बढाएको छ । अदालतले ज्योतिलाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिनको म्याद दिएको छ। सिल्क एयरमा सिंगापुरबाट काठमाडौं ओर्लिएका रुप ज्योतिलाई बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको […]

ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ त प्रतितोला ?

काठमाडौँ, २२ कार्तिक । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ७ सयले घटेको हो । बिहिबार प्रति तोला ७० हजार ६ सय रुपैयाँमा निर्धारण गरिएको छापावाला सुनको मूल्य आज बिहिबार ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, आज तेजावी सुनको मूल्य पनि घटेको […]

कर्णालीलाई दुई वर्षमा धपक्कै बाल्ने उर्जामन्त्रीको घोषणा

सल्यान, २१ कात्तिक । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताएका छन् । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृिद्धको सपना बोकेर काम […]

होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि

काठमाडौँ, २१ कात्तिक । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धकरुपमा वृद्धि भएको पाइएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग होटल तथा रेष्टुराँ मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार चालू आवको पहिलो […]

सनराइजले ऋणपत्र निष्काशन गर्ने

काठमाडौँ, १९ कात्तिक । सनराइज बैंक लिमिटेडले रु एक हजार अङ्कित दरको, सातवर्ष भुक्तानी अवधि भएको र वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्ध वार्षिकरुपमा भुक्तानी गर्ने गरी रु तीन अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ । यही कात्तिक २० गतेदेखि निष्काशन गर्न लागिएको ऋणपत्र चाँडोमा कात्तिक २४ गते र ढिलोमा कात्तिक १९ […]