धनगढी, १८ कात्तिक । कैलाली जिल्लामा सञ्चालनमा रहेका विभिन्न ८६ वटा उद्योग बन्द भई खारेजीमा परेका छन् । कच्चा पदार्थको अभावलगायतका कारण कतिपय उद्योग सञ्चालन हुन नसकेर र अन्य कतिपयले उत्पादित मालको बजार मूल्यसँग प्रतिष्पर्धा गर्न नसकेर बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । यसबाहेक उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि […]
अर्थ/वाणिज्य
चन्द्रागिरी हिल्सलाई वाणिज्य विभागको चेतावनी, केवलकार चढेको ७ सय लिनको कारण सोधियो
काठमाडौँ, १८ कार्तिक । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले चन्द्रागिरि हिल्स कम्पनीलाई केबुलकार यात्रुसँग ७ सय रुपैयाँ भाडा लिनुको कारण खुलाई ७ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ । विभागले आइतबार अनुगमन गरेर एक र दुईतर्फी प्रतिव्यक्ति यात्रा शुल्क ‘के–कति कारणले निर्धारण गरेको हो, प्रमाण पेस गर्नू’ भनी निर्देशन दिएको हो । […]
सहकारीको रकम हिनामिना गर्ने चारजना कारागार चलान
राँझा, १८ कात्तिक । रु ४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ । जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतबार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, बैंङिक प्रबन्धक अरुणकुमार पाठक र सहउपसहायक बलराम यादवलाई […]
देउसीभैलीको रकम बेसहारालाई
लम्की, १७ कात्तिक । गुडीमुन्टे जोडी र टीकापुर अनलाइन टिभीले देउसीभैलीबाट सङ्कलित रकम ‘मेरी आमा’ नामक संस्थामा बस्ने बालबालिकालाई सहयोग गरेका छन् । उनीहरुले टीकापुर नगरपालिका–२ स्थित सञ्चालित मेरी आमामा बस्ने बालबालिकालाई देउसीभैलीबाट सङ्कलित रु ७७ हजार ६७८ बाट न्यानो लुगा र ओढ्ने ओछ्याउने सामग्री हस्तान्तरण गरेका हुन् । गुडीमुन्टे जोडीका संयोजक राजेन्द्र विकले बालबालिकालाई […]
नेपालमै पहिलो पटक सुरु भयो स्नातकोत्तर तहमा सुरुङ इञ्जिनीयरिङको पढाइ
कास्की, १६ कात्तिक । इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ । पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित जनशक्तिको अभाव हुँदा आशातीत कार्य अघि बढ्न नसकेको अवस्थामा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले चट्टान तथा […]
कुलमानले फेरेको प्राधिकरणका दिन, लोडसेडिङ गर्नुपर्ने अवस्थाबाट माग र आपूर्तिको सन्तुलन मिलाएर खपत बढाउने चुनौतीमा
काठमाडौँ, १६ कात्तिक । उपभोक्ताको मागअनुसार विद्युत् उपलब्ध गराउन सरकार सफल भएको छ । पछिल्ला तीन वर्षमा नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई केन्द्रमा राखेर विद्युत् व्यवस्थापन गरेपछि विद्युत् माग र आपूर्तिको सन्तुलन मिलाउन सफल भएको हो । सो सफलतासँगै अब विद्युत् खपत बढाउन लाग्नुपर्ने देखिएको छ । भारतीय विद्युत् प्रयोग गरेर अँध्यारो हटाएको भन्नेजस्ता आरोपबाट समेत […]
फेरि उकालो लाग्न थाल्यो सुनको मूल्य
काठमाडौँ, १५ कात्तिक । निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बिहीबार […]
पर्यटकको सङ्ख्यासँगै राजश्व बढ्यो
भक्तपुर, १५ कात्तिक । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा भक्तपुरमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै राजश्व पनि बढेको छ । पर्यटक बढेसँगै भक्तपुर नगरपालिकाले सङ्कलन गर्ने पर्यटन शुल्कसमेत बढेको छ । चालू आवको साउन, भदौ र असोज महिनामा गत वर्षभन्दा यस वर्ष ६०० पर्यटक बढेको छ । आव २०७५/७६ को साउन, भदौ र असोजको तीन […]
अब भारतबाट सिधै चितवनमा पाइपलाइनबाट ग्यास र इन्धन
हेटाैडा । नेपाल आयल निगमले क्रस बोर्डर पाइपलाइन सञ्चालनपछि थप दुई महत्वपूर्ण आयोजनाको निर्माण थालेको छ । अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवन (लोथर) सम्म र भारत बोर्डरदेखि अमलेखगञ्ज हुँदै चितवनसम्मको एलपी ग्यास पाइपलाइन निर्माण थाल्ने भएको हो । केहि दिन अघि आपूर्ति मन्त्री मातृका यादवले दुवै परियोजनाको संयुक्त रुपमा शिल्यान्यास गरेका छन् । चितवनको लोथरसम्म इन्धन […]
तिहार सकिएलगतै ओरालो लाग्यो सुनको मूल्य
काठमाडौं । १४ असोज गते सुनको मूल्य घटेको छ । सुनको मूल्य घटेसँगै आज प्रति तोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, आज तेजाबी प्रति तोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार […]










