आज पनि ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं ६ मंसिर । आज पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य चाहिँ स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ३ सय रुपैयाँले घटेको हो । बिहीबार ७२ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार ३ सयले घटेर ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ६० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...