जापानबाट पैसा पठाएका थापाले पाए सिटी एक्स्प्रेसको एक लाख उपहार

काठमाडौं । जापानका गोविन्दबहादुर थापाले जापानबाट नेपाल पैसा पठाएर एक लाख नगद उपहार जितेका छन् ।

सिटी एक्स्प्रेसले चलाएको ‘लखपति एक्स्प्रेस २०७६( न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत थापाले पुरस्कार पाएका हुन् । सिटि एक्सप्रेसले हालै आफ्नो उपहार घोषणा अन्तर्गत लक्की ड्रबाट उनी विजेता घोषित भएका हुन् ।

सिटी एक्सप्रेसले लक्की ड्र मार्फत उपभोक्ताहरुलाई दैनिक २०० को मोबाइल टप अप १० जनाले जित्न सक्ने, त्यसैगरी साप्ताहिक रुपमा एकजना विजेताले रु १०,००० र हरेक महिना लक्की ड्र मार्फत एक जनाले १००,००० जित्न सक्ने् उपहार योजना ल्याएको छ ।

सिटीले यो अफर असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुने जनाएको छ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनसक्ने सिटीले जनाएको छ । यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ६३० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले रु १०,००० जितिसकेको पनि सिटीले जनाएको छ । सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत छनौट गरिएको बताइएको छ ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोहबीच गोबिन्दबहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

Loading...