सिटी एक्सप्रेस र अमेरिकाको ‘रेमिट्ली’ बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । अमेरिकाको चर्चित रेमिट्यान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ ।

अमेरिका, युरोप, क्यानडामा रहने नेपालीहरुले अब रेमिट्ली (Remitly) को मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्घ ७००० भन्दा बढी एजेन्ट्हरुबाट सजिलै भुक्तानी लिन सक्नेछन । त्यसका साथै ग्राहकहरुले कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न पनि सक्नेछन ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरेका छन । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको छ । सिटी एक्सप्रेसका नेपालमा ७००० भन्दा बढी एजेन्ट्हरु रहेको जनाएको छ ।

Loading...