सिटी एक्सप्रेसले आफ्ना एजेन्टहरुलाई दियो एक दिने तालिम

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना एजेन्टहरुका लागि एक दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सिटी एक्सप्रेसले एजेन्टहरुसँग भेटघाट गरी ब्ःीरऋँत् तालिम दिएको जनाएको छ । कार्यक्रममा काठमाण्डौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायतका २०० भन्दा बढि एजेन्टहरुको सहभागिता रहेको जनाइएको छ ।

तालिमपछि सिटी एक्सप्रेसले उनीहरुलाई रिसेप्सन पनि दिएको थियो । कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनसहित व्यवस्थापन समूहको पनि उपस्थिति रहेको थियो । विगत १३ वर्षदेखि सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विश्वभरी आफ्नो रेमिट एजेन्टहरुबाट ७००० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

Loading...