फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ त प्रतितोला?

काठमाडौँ, ८ मङ्सिर, । आज आइतबार सुनको भाउ १ सयले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलाको ७१ हजार ७ सय रुपैँयामा कारोबार भएकोमा आज तोलाको १ सय रुपैयाँले घटेर ७१ हजार ६ सय पुगेको छ । त्यसैगरी आज तेजावी सुनको भाउ पनि तोलामा १ सयले घटेर ७१ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य घटे सँगै चाँदीको मुल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ८ सय ६० रुपैँयामा कारोबार भएकोमा आज ५ रुपैँयाले घटेर ८ सय ५५ मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...