दस अर्ब लगानी भित्र्याउन एनआरएनएको समिति

काठमाडौँ, ३ कात्तिक । गैरआवासीय नेपाली सङ्घ एनआरएनएले श्रमिक कल्याणकारी कोषका लागि रु एक करोड छ लाख सहयोग गर्ने भएको छ । एनआरएनको नवनिर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले वैदेशिक रोजगारीमा पीडितलाई सहयोग गर्ने हेतुले कोषका लागि प्रतिबद्धता जनाएको संस्थाले एक विज्ञप्तिमार्फत जनाएको हो । एनआरएनका अध्यक्ष पन्तको प्रस्तावमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यले उक्त सहयोग […]

घरमै पुगेर वृद्धभत्ता दिँदै जनप्रतिनिधि

डोटी, ३ कात्तिक । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दसहितको वडा कार्यालयको टोलीले आफनो वडामा भएका सम्पूर्ण वृद्ध तथा एकल महिलालाई घरमै पुगेर वृद्ध तथा एकल महिला भत्ता वितरण गर्न थालेका छन । वडामा रहेका वृद्धवृद्धा तथा एकल महिलालाई वडा कार्यालयसम्म आएर वृद्ध तथा एकल महिला भत्ता लिन गाह्रो भएको भन्ने […]

फेरिए दिन: यसरी सबल बन्दैछन गाउँका महिला

बलेवा, २ कात्तिक । नौ वर्ष पहिलासम्म घरको सामान्य खर्च चलाउनसमेत श्रीमानको भर पर्ने सीता सुवेदीका दिन अहिले फेरिएका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानकी सीता जब गाउँमै खुलेको बचत तथा ऋण सहकारीमा शेयर सदस्य बनिन त्यसयता उनको दैनिक आर्थिक क्रियाकलाप आफ्नै पौरखमा चल्ने गरेको छ । हातमा पैसा हुँदा बचत गर्ने र नहुँदा सरसापटी लिने माध्यम […]

लक्ष्मी स्टिल, सर्वोत्तम, बुटवल र पाल्पा सिमेन्टको रिट खारेज, विद्युत प्राधिकरणले महसुल उठाउने

काठमाडौँ, ३० असोज । ट्रङ्क र डिडिकेटेट लाइनको सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र उद्योगी तथा व्यवसायीबीच देखिएको विवादलाई अदालतले नै निरुपण गरिदिएको छ । पाटन उच्च अदालतको फैसलापछि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुधबार चार उद्योगीको विपक्षमा फैसला सुनाएको छ । ट्रङ्क लाइनबाट लिएको विद्युत् महसुल बढी भएको र प्राधिकरणले गैरकानूनीरुपमा आफूहरुलाई महसुल लगाएको भन्दै […]

धितोपत्र बजारमा झिनो सुधार

काठमाडौँ, ३० असोज । साताको अन्तिम दिन आज धितोपत्र बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोवार मापक नेप्से परिसूचक ०.७१ अङ्कले बढेर एक हजार १३७.७५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ०.५४ अङ्कले बढेर २४९.१२ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने सामान्य नै […]

पशुपालन र दुग्ध व्यवसाय बढ्दै गएपछि व्यावसायिक घाँस खेती फस्टाउँदै

परासी, २७ असोज । पश्चिम नवलपरासीमा व्यावसायिक घाँस खेती फस्टाउँदै गएको छ । यहाँका सामुदायिक वन क्षेत्रमा महिला समूहले व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन् । पछिल्लो समय पशुपालन र दुग्ध व्यवसाय बढ्दै गएपछि पोसिलो घाँसको माग बढ्दो छ । घाँसको माग बढ्दै गएपछि यहाँका महिला तथा कृषकहरु घाँस खेतीमा आकर्षित भएका हुन् । […]

दुवै मुलुकको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

सुर्खेत, २७ असोज । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक पनि समेटियो–कर्णाली करिडोर । सन् २०१८ जुनमा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा दुवै मुलुक कर्णाली करिडोर निर्माण गरी नाका सञ्चालन गर्न सहमत भएका थिए । राष्ट्रपति सीको नेपाल भ्रमणमा पनि ‘कनेक्टिभिटी’लाई […]

नेप्सेमा पूरै रातो दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २७ असोज । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७६ विन्दुले घटेर २४९.१७ मा झरेको छ । दशैँको बिदालगत्तै आज दोस्रो कारोवार दिनमा कूल १५४ कम्पनीको आठ लाख ३३ हजार […]

पढाइ छाडेका बालिकालाई पठाइदैछ पुनः विद्यालयमा

बाँके, २७ असोज । मध्यान्तरको समयमा एक हुल किशोरी चउरमा जम्मा भए । स–साना बालिकाहरु आ–आफ्नै सुरमा खेल खेल्न मग्न थिए । केही बालिका आकाशे रङको कमिजमा थिए त केही कुर्तामा । यी बालिकामध्ये केहीले सामान्य फित्तावाल चप्पल लगाएका थिए । बाँकीका खुट्टा खाली थिए ।    उनीहरुको अवस्था हेरेरै अभिभावकको आयस्तर न्यून रहेको अनुमान […]

गौरादहमा कृषि हाट बजारको उद्घाटन

दमक, २७ असोज । झापाको गौरादह बजारमा करीब एक करोड ५० लाख बढीको लागतमा निर्माण गरिएको कृषि हाट बजारको आइतबार उद्घाटन गरिएको छ । दोस्रो ऐतिहासिक सांस्कृतिक दशैँ मेलाको अवसर पारेर एक कार्यक्रमका बीच नवनिर्मित बजारको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे । उनले नवनिर्मित गौरादह बजारको उद्घाटन गर्नुका […]