गलेश्वर, २ मङ्सिर । हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् । म्याग्दी, कालीगण्डकी र रघुगंगा नदीको बहाव क्षेत्र वरपर तथा जिल्लाको उपल्लो भेगमा वर्षौं पहिले उत्खनन गरेर विभिन्न कारणले बन्द भएका खानी अहिलेसम्म पनि सञ्चालनमा नल्याइँदा अलपत्र परेका हुन् । हिमाली […]
अर्थ/वाणिज्य
व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको व्यवस्थापन
काठमाडौँ, १ मङ्सिर । सरकार व्यावसायिक वातावरण नबिग्रने गरी कर प्रणालीको उचित व्यवस्थापनमा अग्रसर देखिएको छ । कर प्रणालीलाई समयसापेक्ष व्यवस्थापन गर्दै मोबाइलबाटै कर तिर्नसक्ने गरी प्रविधिमैत्री बनाउन लागिपरेको सरकारले जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षमा वित्तीय सङ्घीयता कार्यान्वयनसम्बन्धी र करसँग सम्बन्धित सबै कानुनको व्यवस्थापन गरिसक्ने जानकारी दिँदै भने, “व्यावसायिक वातावरण […]
रत्ननगरले विपन्न समुदायको बीमा ग¥यो
चितवन, २९ कात्तिक । रत्ननगर नगरपालिकाले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायको बीमा गरेको छ । आजबाट लागू हुने गरी सात वडाका विपन्न परिवारको जीवन र जनधनको बिमा गरिएको हो । नगरप्रमुख नारायण वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनसुकै कारणले र जुनसुकै ठाउँमा बीमा गरेका व्यक्तिको निधन, घाइते वा अङ्गभङ्ग भएमा बिमा भुक्तानी गरिनेछ । […]
१६ लाख राजश्व सङ्कलन
खलङ्गा, २८ कात्तिक । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा रु १६ लाख ६१ हजार ५७१ राजश्व सङ्कलन गरेको छ ।नगरपालिकाले साउनदेखि कात्तिकको अन्तिमसम्म विभिन्न शीर्षकमा राजश्व उठाएको राजश्व फाँटका प्रमुख कमल भण्डारीले बताए । कृषि समूह नवीकरणबाट दुई हजार ५००, फ्रेस हाउस नवीकरणबाट ५००, अन्य दस्तुरमा सात लाख ५९ हजार २००, पार्किङ […]
सुनको भाउ बढ्ने क्रम जारी, बुधबार कतिमा हुँदैछ कारोबार?
काठमाडौँ २७ कात्तिक । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार फेरि बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार २ सय रुपैयाँ रहेको थियो । यस्तै, तेजाबी सुन पनि प्रतितोला २ सय रुपैयाँ नै बढेर […]
“उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न सकेन”
खस्यौली, २७ कात्तिक । रुपन्देहीको सैनामैनामा रहेका उद्योगी तथा व्यवसायीले उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न नसकेको बताएका छन् । आज सैनामैनामा उद्योग वाणिज्य सङ्घको पाँचौँ साधरणसभामा उनीहरुले बैंकको चर्को र अस्थिर ब्याजदरका कारण उद्योगी तथा व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताए । सो अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला […]
वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने
नवलपुर, २७ कार्तिक । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने भएको छ । वन्यजन्तु वारपार गर्नका लागि जैविकमार्गका रूपमा पुल निर्माण गरिने भएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीपूर्व नवलपुरमा कम्तीमा १५ यस्ता पुल निर्माण गरिने आयोजनाका पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिए । सडकमुनिबाट वन्यजन्तु […]
मह, मौरी अवलोकन गर्न विदेशी नागरिक जाजरकोटमा
जाजरकोट, २६ कात्तिक । जिल्लाको मह र मौरी अवलोकन गर्न विदेशी नागरिक नलगाड नगरपालिका–१ कल्पतमा पुगेका छन् । विभिन्न प्रजातिका रैथाने मौरीहरूको बाँस स्थान र महको गुणस्तरतालाई अवलोकन गर्न लण्डनका नागरिक रुडी रेप्का र लिडिया अनियला रेप्का नलगाड नगरपालिकाको कल्पतमा पुग्नुभएको हो । बेलायतमा सफल मौरी व्यवसाय सञ्चालन गरिरहेका रुडीको जोडीले पाली, कल्पत र चिउरीलगायत […]
नेपालमा सुरु भयो नवौँ विश्व रेन्जर सम्मेलन
चितवन, २६ कात्तिक । नवौँ विश्व रेन्जर सम्मेलन आजबाट सौराहामा शुरु भएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो […]
ख्याल गर्नुस तपाईको बैंक खाताबाट लुटिएलाः साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’
काठमाडौँ, २६ कात्तिक । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध […]











