स्नातक सकेर कामविहीन बसेकालाई अब राष्ट्रिय बाणिज्य बैंकले काम दिने

काठमाडौ १३ पुस । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्नातक अध्ययन सकेर कामविहीन बसेकाहरुलाई काम दिने भएको छ । बीबीए र बीबीएस दिएर कामविहीन बसेका युवाहरुलाई लक्षित गरी प्रदेश नं।् १ मा पनि इम्पावर एकेडेमी कार्यक्रम शुरु गरेको हो ।

प्रदेश नं ३ बाट शुरु गरिएको यो कार्यक्रम अन्तर्गत प्रदेश नं १ मा ५० जनालाई विभिन्न बैंकमा काम गर्ने गरी पेड इन्टर्नसिप दिन लागिएको राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद लम्सालले जानकारी दिए ।

उनले यस कार्यक्रमबाट वित्तीय क्षेत्रमा करियर अगाडि बढाउने युवाहरुले तीन महिना राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ सम्बन्धी काम गर्ने गरी पेड इन्टर्नसिप पाउने बताए । राष्ट्रिय वाणिज्य बैंकले पत्रकार सम्मेलन आयोजना गरी आरबीबी इम्पावर एकेडेमीको उद्देश्य र सहभागिताको तयारी बारे जानकारी गराएको छ ।

प्रदेश नं १ का लागि शनिवार देखि अनलाइन निशुल्क आवेदन खोलिने बताइएको छ । छनौट भएका ५० जनालाई तीन दिने टेक्निकल, व्यवहारिक र प्राक्टिकल तालिम दिएपछि सम्बन्धित बैंकमा खटाइने बताइएको छ । अन्तैबाट

Loading...