फेरि बढ्यो सुनचाँदीको भाउ

काठमाण्डौ, ७ पुस । सुनको भाउ सोमबार तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन भाउ आज तोलाको ७१ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनदेखि स्थिर रहि तोलामा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको सोमबार तोलामा तीन सय रुपैयाँ बढेको हो ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...