ह्वात्तै बढ्यो सुनको मूल्य, कति छ आज प्रतितोला?

काठमाडौँ, ११ पुस । बिहिबारको बजारमा छापावाला सुनको मुल्य ७२ हजार ८ सय रहेकोमा आज ५ सय रुपैँयाले बढेर तोलाको ७३ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ । त्यसैगरि बिहिबार तेजावी सुन ७२ हजार ५ मूल्यमा कारोबार भएकोमा आज ५ सय रुपैँयाले बढेर प्रतितोला ७३ हजार रुपैँयामा कारोबार भइरहेको छ ।

आजको बजारमा सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहिबार चाँदीको मूल्य ८ सय ९० रुपैँयामा कारोबार भएको थियो भने आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...