कुमारी बैंकले १४ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै

काठमाडौं ६ पुस। कुमारी बैंक लिमिटेडले पुस १४ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुका लागि सार्वजनिक निष्कासनको माध्यमबाट र बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट विक्री खुला गर्ने भएको हो ।

२०८६ मा परिपक्व हुने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा १२ लाख कित्तासम्म सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । प्रति ऋणपत्रमूल्य रू १००० तोकिएको छ । विक्री प्रबन्धक नपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बार्डबाट स्वीकृति पाएका सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । बैंकले धितोपत्र बोर्डसँग मंसिर २९ गते स्वीकृति पाएसँगै ऋणपत्र निष्कासन गर्न लागेको हो ।

Loading...