जग्गा खरिद गरिदिने भन्दै ९ लाख लुटियो

चितवन, ३० फागुन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको नौ लाख रुपैयाँ लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन् । उनीहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पीडितले जनाएका छन् । राईले […]

आज एकैपटक ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौँ, ३० फागुन । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको छ। हिजो तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबारदेखि सामान्य ओरालो लागेको सुनको मूल्य आज एकैपटक ह्वात्तै झरेको […]

शेयर बजारः नेप्सेमा उच्च गिरावट

काठमाडौँ, २९ फागुन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले घटेको छ । मङ्गलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो। नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से झण्डै ४६ अङ्कले घटेको छ । नेप्से ४५.९१ अङ्कले घटेर एक हजार ३७७.१८ मा पुगेको छ। […]

विद्युतीय सवारी चार्जमा नयाँ महसुल,

सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने लक्ष्यका साथ रातिको समयमा सवारी साधन चार्ज गर्दा न्यूनतम महसुल लिने प्रस्ताव गरेको छ । त्यसो गर्दा न्यूनतम शुल्कमा नै विद्युतीय सवारी चार्ज गर्न सकिने र विद्युत् खपतसमेत बढ्ने विश्वास लिइएको छ । सार्वजनिक यातायातका लागि राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रतियुनिट चार रुपैयाँ ४५ पैसा महसुल […]

२० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई रु ३० मा विद्युत् उपलब्ध

काठमाडौं, २९ फागुन । नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई आज जानकारी गराएको छ । प्राधिकरणले तय गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउन पाउने कानूनी प्रबन्ध रहेको छ । […]

सुनको मूल्य घट्यो

काठमाडौँ, २९ फागुन । बिहीबारसुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा आठ सय रुपैयाँले घटेर ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलामा पनि आठ सय रुपैयाँले घटेर ८१ हजार दुई सय […]

माछापुच्छ्रे बैंक सञ्चालक समितिले हटायो सिइओ सुमन शर्मालाई 

काठमाडौं, २७ फागुन । माछापुच्छ्रे बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्मालाई अवकाशको पत्र थमाएको छ । सञ्चालक समितिले २१ महिना अगाडि शर्मालाई सिइओ बनाएको थियो। फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई हटाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम शर्मालाई बुधबार पत्र दिँदै चैत १ बाट अवकाश दिइएको जानकारी दिएको […]

नेप्सेमा भारी गिरावट आएपछि बजार नै बन्द

काठमाडौं । मंगलबार नेप्से परिसूचक ६ प्रतिशत घटेको छ । बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेको नेप्से पहिलो एक घण्टा नपुग्दै ४ प्रतिशत घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो। त्यसपछि खुलेको बजारमा ५ प्रतिशत र ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागेपछि आजका लागि बजार बन्द भएको हो । लगानीकर्ताहरु आत्तिएर शेयर बिक्री गर्न थालेपछि […]

नेप्सेमा दोस्रो सर्किट, ७२ अंकले ओरालो लागेपछि कारोबार बन्द

काठमाडौँ, २७ फागुन । मंगलबार सेयरबजार परिसूचक नेप्से अप्रत्याशित रूपमा निरन्तर घटिरहेको छ । कारोबार सुरू हुनेबित्तिकै घट्न थालेको बजार १५ मिनेटमै ४५ अंकले घट्यो । ११ बजे सुरू भएको सेयरबजारमा १५ मिनेटमा ४५ अंकले घटे पनि २२औँ मिनेटमा उकालो लाग्न थाल्यो । उकालो लागेको १२ मिनेटमा सूचक २३ अंकले बढ्यो । ११:३४ मा पहिलो […]

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

काठमाडौं, २७ फागुन । केही महिनादेखि आकाशिँदै आएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय सुनको मूल्य उकालो लागेको छ । मंगलबार सुनको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन मूल्य ८२ […]