हेर्नुहोस् आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठ सहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका […]

कोरोना प्रभावितलाई ऋणमा सहुलियत दिने सरकारको तयारी

काठमाडौँ । सरकारले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई कम ब्याजदरमा ऋण दिने भएको छ । उनीहरुलाई पाँच प्रतिशत व्याजदरमा ऋण दिने सरकारको तयारी छ । बिहीबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण समस्यामा परेका साना तथा लघुउद्यम तथा […]

स्थानीय युवाको सक्रियतामा साढे पाँच किलोमिटर राजकुलो सफा गरियो

ललितपुर । गोदावरी नगरपालिका–११ चापागाउँबाट वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो सफा गर्ने काम साढे पाँच किलोमिटर सकिएको छ । राजकुलोबाट पानी सञ्चालन गराउन यही जेठ २ गतेदेखि वडा नं १२ स्थित भली पुचका युवाहरूको सक्रिय सहभागितामा उक्त काम अघि बढेको हो । राजकुलोको पानी टीकाभैरवबाट थेचोको सिमानासम्म ल्याउन साढे सात किलोमिटर सफा गर्नुपर्छ […]

जिल्ला वन अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । नुवाकोट डिभिजन वन कार्यालयका दशौं तहका अधिकृत घुससहित रंगे हात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत जयमंगल प्रसादलाई कार्यालयबाटै एक लाख घुससहित शनिबार पक्राउ गरेको हो। उनले वनको काठको ठेक्का मिलाइदिने भन्दै घुस मागेपछि आयोगबाट खटिएको टोलीले लकडाउनकै अवधिमा पनि नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

खाना र कृषि व्यवस्था सुधार्न यस्ता उपाय अपनाउन सरकारलाई खाद्य विज्ञको सुझाव

काठमाडौँ । खाद्यका लागि कृषि अभियानले तत्कालको खाना र भविष्यको कृषि सपार्नका लागि सरकारको ध्यानाकर्षण गराएको छ। उक्त अभियानले कृषि मन्त्री घनश्याम भूषालमार्फत ध्यानाकर्षण गराएको हो। उक्त अभियानले यसअघि वैशाख ५ गते पनि तत्कालको खाना र भविष्यको कृषि सपार्न सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। कोभिड–१९ को विश्वव्यापी विस्तार र यसले सबै तहका मानव समुदायमा सृजना […]

ठूला होटेलहरु ६ महिना बन्द गर्ने निर्णय, मजदुरको तलब १२.५ प्रतिशतमात्र दिइने

काठमाडौं । विश्वव्यापी रुपमा त्रास फैलाएकाे काेराेना भाइरसका कारण नेपालका ठूला हाेटलहरु बन्द हुने भएका छन् । हाेटल संघ नेपाल (हान) ले निर्णय नै गरेर ६ महिना ठूला होटलहरु ६ महिना बन्द गर्ने जनाएकाे हाे । आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले कोभिड-१९ का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द […]

ऋणिहरुलाई २ प्रतिशत ब्याज छुट दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

nepal-rastra-bank

काठमाडौं । केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम ब्याजमा छुट दिन निर्देशन दिएको हो । बैंकका अनुसार अब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले […]

लकडाउनको मौकामा मुल्य बढाएर सामान बेच्ने भाटभटेनीलाई तीन लाख जरिवाना

काठमाडौं । दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ। विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको […]

नुन समेत बढी मूल्यमा बेच्दा दुई लाख जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी […]

यस वर्ष यार्सा संकलन बन्द गरिने

जाजरकोट, ९ वैशाख । यस वर्ष यार्सागुम्बा संकलन रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालय, डोल्पाको अगुवाइमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले यस विषम परिस्थितिमा यार्सागुम्बा सङ्कलन रोक्ने निर्णय गरेको प्रजिअ सुरेश सुनारले जानकारी दिए । जिल्लाका अधिकांश जनप्रतिनिधिको उपस्थितिमा सो निर्णय गरिनाका साथै कोरोना त्रासका कारण बढेको […]