काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकमा ३१ करोड ९९ लाख ५० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । जुन एक वर्षअघिको तुलनामा १२ अर्ब रुपैयाँभन्दा धेरै हो ।
२०८१ वैशाख मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको गैर–बैंकिङ सम्पत्ति १८ करोड ७७ लाख ९० हजार रुपैयाँ थियो ।
नबिल बैंकमा २०८२ वैशाख मसान्तमा तीन अर्ब ७९ करोड ३८ लाख ८० हजार रुपैयाँ गैर–बैंकिङ सम्पत्ति कायम छ । जुन एक वर्षअघि एक अर्ब ६४ करोड ५६ लाख ४० हजार रुपैयाँ थियो ।
पछिल्लो अवधिमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा पनि गैर–बैंकिङ सम्पत्ति बढेर तीन अर्ब ११ करोड ६१ लाख १० हजार रुपैैयाँ पुगेको छ । जुन एक वर्षअघि दुई अर्ब २९ करोड ९२ लाख ६० हजार रुपैयाँ थियो । स्टान्डर्ड चार्टर्ड बैंकको गैर–बैंकिङ सम्पत्ति दुई आर्थिक वर्षयता शून्य छ ।
राष्ट्र बैंकका अनुसार हिमालयन, नेपाल एसबीआई र एभरेस्ट बैंकमा २०८२ वैशाख मसान्तमा गैर–बैंकिङ सम्पत्ति क्रमशः पाँच अर्ब १२ करोड ९५ लाख ४० हजार, ८९ करोड ७६ लाख ४० हजार र ६२ करोड ३९ लाख ९० हजार रुपैयाँ कायम छ । जुन २०८१ वैशाख मसान्तमा क्रमशः एक अर्ब ४५ करोड १२ लाख ३० हजार, सात करोड ६५ लाख ५० हजार र २८ करोड ९८ लाख रुपैयाँ थियो ।
एनआईसी एसिया, माछापुच्छ«े र कुमारी बैंकमा गत वैशाख मसान्तसम्म गैर–बैंकिङ सम्पत्ति क्रमशः चार अर्ब ६० करोड आठ लाख, ९६ करोड ७९ लाख ४० हजार र दुई अर्ब ५५ करोड ९१ लाख रुपैयाँ छ । एक वर्षअघि यी बैंकहरूमा क्रमशः चार अर्ब १४ करोड ९२ लाख ८० हजार, एक अर्ब ४५ करोड सात लाख ६० हजार र एक अर्ब ८८ करोड दुई लाख ४० हजार रुपैयाँ गैर–बैंकिङ सम्पत्ति थियो ।
लक्ष्मी सनराइज, सिद्धार्थ र कृषि विकास बैंकमा पनि पछिल्लो अवधिमा गैर–बैंकिङ सम्पत्ति क्रमशः एक अर्ब ७८ करोड २४ लाख ४० हजार, ७२ करोड ४७ लाख ४० हजार र एक अर्ब एक करोड ४५ लाख २० हजार रुपैयाँ कायम छ । जुन एक वर्षअघि क्रमशः एक अर्ब ३४ करोड २९ लाख २० हजार, ६९ करोड ५१ लाख र २५ करोड १८ लाख रुपैयाँ थियो ।
यसैगरी ग्लोबल आइएमई, सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम कमर्सियल बैंकमा गत वैशाख मसान्तसम्म क्रमशः पाँच अर्ब ९५ करोड ८३ लाख ८० हजार, एक अर्ब दुई करोड ८९ लाख २० हजार र दुई अर्ब ३६ करोड ९९ लाख ३० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति कायम छ । २०८१ वैशाख मसान्तमा यी बैंकहरूमा यस्तो सम्पत्ति क्रमशः तीन अर्ब २६ करोड ११ लाख ४० हजार, ५२ करोड ८२ लाख ९० हजार र दुई अर्ब २२ करोड दुई लाख ७० हजार रुपैयाँ थियो ।
एनएमबी, प्रभु र सानिमा बैंकमा पनि गत वैशाखसम्म गैर–बैंकिङ सम्पत्ति क्रमशः एक अर्ब २५ करोड ५१ लाख ६० हजार, एक अर्ब २६ करोड १६ लाख १० हजार र ८७ करोड ७४ लाख २० हजार रुपैयाँ बराबर कायम भएको छ । जुन २०८१ वैशाख मसान्तमा क्रमशः ७७ करोड ८१ लाख ६० हजार, ६७ करोड २८ लाख १० हजार र ४० करोड १८ लाख २० हजार रुपैयाँ बराबर थियो ।
बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्नु पर्ने वाध्यताका कारण गैरबैकिङ सम्पत्ति बढेको हो ।
सकारेपछि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम रहेको छ भने त्यसो गर्न नसकेको अवस्था अहिलेका बैंक तथा वित्तीय संस्थामाथि रहेको छ । अर्कोतर्फ गैर–बैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरूले यसको जोखिमबाट बच्न शत प्रतिशत बराबर रकम प्रावधानमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।