काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारकै मूल्यमा छापावाल सुन बजारमा कारोबार भइरहेको हो । जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैबिच मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम […]
अर्थ/वाणिज्य
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा शर्मा नियुक्त
काठमाडौं — राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। शर्माको नाम भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिबाट सिफारिस गरिएको थियो। उक्त समितिमा पूर्वसचिव सुमन शर्मा, विज्ञसदस्य गुणनिधि भुसाल र लोक सेवा आयोगका प्रतिनिधि सदस्य थिए। […]
आफैंले नियुक्त गरेको अध्यक्षलाई सरकार आफैंले गर्यो निलम्बन
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन गरेसँगै उनी निलम्बनमा परेका छन्। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यता तथा नियुक्तिसम्बन्धी विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। उक्त समितिको संयोजकत्व उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीले गर्नेछन्। समितिमा बीमा क्षेत्रका विज्ञ कपिल ओली र […]
युरोको भाउ बढ्यो,पाउण्ड घट्यो – हेर्नुस् विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको मूल्य स्थिर छ । विगत तीन दिनदेखि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा मूल्यमा कारोबार भैरहेको छ । युरोपियन युरोको मूल्य बढेको छ । युरो एकको खरिदर १६० रुपैयाँ […]
यस्तो छ काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् । २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको […]
अब साउन १ गतेदेखि सरकारी निकायले चेक काट्न नपाउने
काठमाडौँ । सरकारी निकायले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न निर्देशन दिएको हो । यस सम्बन्धमा अर्थमन्त्री विष्णु पौडेलले गत शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए । सो निर्णय बमोजिम परिपत्र गरिएको […]
बुङ्गल हाइड्रोको आइपिओ खुला
काठमाडौ । बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित दरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।जसमध्ये पहिलो चरणमा जारी पूँजीको […]
अन्टार्कटिकामा साउदी अरबको भन्दा ठूलो तेलखानी फेला
मस्को,रुस । रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको ठूलो भण्डार फेला पारेको दाबी गरेका छन् । रुसी वैज्ञानिकहरूले वेडेल सागरको मुनि लुकेको ५११ अर्ब ब्यारेल तेलको विशाल भण्डार रहेको अनुमान गरेका हुन् । यस ‘कालो सुनको खजाना’ को खोजले अन्टार्कटिक सन्धि र ऊर्जाको लागि भविष्यको प्रतिस्पर्धामा नयाँ प्रश्न र शंकाहरू खडा गरेको छ। रुसको यो […]
नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक(पढ्नुस् पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत् मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने उद्देश्यले विभिन्न रणनीतिहरु अघि सारिएको देखिन्छ । शुक्रबार राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा कोभिड पछिको अर्थतन्त्र उकास्न ब्याजदर करिडोरको अन्तराष्ट्रिय असल अभ्यास अवलम्बन गर्ने […]
८ दिनपछि सुनको मूल्य निर्धारण, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ । आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो। जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने […]










