आज पनि सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलाको १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य […]

दरमखोला हाईड्रोको आईपीओ सर्वसाधारणका लागि खुला

IPO

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणका लागि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कम्पनीले यस चरणमा २९ लाख १९ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्दैछ। यसअघि, कम्पनीले जेठ २० गते नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने स्वीकृति […]

माछापुच्छ्रे क्यापिटलको लाभांश घोषणा

माछापुच्छ्रे क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको हो । उक्त प्रस्ता पारित गर्न क्यापिटलले भदौ ६ गते साधारण सभा पनि बोलाएको छ । सभा बालुवाटार प्यालेस ब्यांकेट, गैह्रीधारा, बालुवाटार, काठमाडौंमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव पेश […]

तोलामा ८०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ । बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ८०० रुपैयाँ घटेर कारोबार भएको हो । जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार भने तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य […]

चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत तेस्रो वर्षको वृक्षारोपण शुरु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत तेस्रो चरणको वृक्षारोपण शुरु भएको छ । चाँगुनारायण-८ चरेलीमा एभोकाडोको बिरुवा वितरण गर्दै तेस्रो वर्षको वृक्षरोपण शुरु भएको हो । सो अवसरमा चाँगुनारायण-८ का वडाध्यक्ष जनक खत्रीले एभोकाडो जस्तो बहुगुणी फलको शहर बनाउने बौद्धिक नेता डिपी ढकालको परिकल्पना साकार बन्दै गइरहेको बताए । […]

कम्पनीको प्रमाणपत्र अब अनलाइनमै उपलब्ध हुने

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरूको वार्षिक विवरण अभिलेखनसम्बन्धी प्रमाणपत्र अब स्वचालित रूपमा उपलब्ध हुने नयाँ प्रणालीको सुरुवात गरेको छ। कार्यालयले २०८१ साल साउन ११ गतेदेखि लागू हुने गरी यो व्यवस्था सञ्चालनमा ल्याएको हो। यस नयाँ व्यवस्थाअनुसार अबदेखि कम्पनीहरूले आफ्नो वार्षिक विवरण अनलाइन प्रणालीमार्फत (CAMIS) पेश गरेपछि आवश्यक दस्तावेजहरू सही ढंगले अपलोड भएमा प्रमाणपत्र स्वतः […]

सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ स्थिर छ भने चाँदी बढेको छ। आइतबार प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  यस्तै, सोमबार […]

आफूहरूलाई कार्वाही गर्न आइजीसंग ट्रक ब्यवसायीकै आग्रह

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सवारी साधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ। महासंघका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रहरी महानिरीक्षक दिपक थापासँग भेट गर्दै ज्ञापनपत्र बुझाएको हो। महासंघका महासचिव राजेन्द्र बिक्रम बाँनियाँका अनुसार सवारी तथा यातायातसम्बन्धी ऐन, नियम र […]

थाई लगानीकर्तालाई पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डबीच कैयौँ सांस्कृतिक समानता रहेको बताएकी छन्। काठमाडौंमा आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रहिआएको र दुई देशका बीचमा सांस्कृतिकसहित विभिन्न क्षेत्रमा समानता रहेको उल्लेख गरिन्। राणाका अनुसार, पाहुनाको स्वागत गर्ने परम्परा, बहुधार्मिक र बहुसांस्कृतिक मूल्य–मान्यताको […]

लगातार ८ दिनदेखि बढ्यो सेयर बजार

काठमाडौं । विगत ८ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । यद्यपि पछिल्ला दुई दिन वृद्धि एकल अंकमा खुम्चिएको छ । बुधबार ५.१७ अंक बढेको बजार आज बिहीबार ३.७६ अंक बढ्यो । योसँगै नेप्से परिसूचक २९८२ अंकमा कायम भएको छ । बिहीबार पनि बजारमा केही उतारचढाव देखियो । ११ ः ३८ बजे २९९० अंकमा […]