
भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ जगातीस्थित निमन्त्रणा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा नयाँ नेतृत्व चयन भएको छ।
शुक्रबार लोहकिल्थली(लोकन्थली)मा सम्पन्न साधारण सभाबाट सुरेश न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन्।
न्यौपानेको नेतृत्वमा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक हरिगोपाल कर्माचार्यले जनाएका हुन् । सञ्चालक समितिको उपाध्यक्षमा सीता पोखरेल, सचिवमा इन्दिरा अधिकारी र कोषाध्यक्षमा बसन्त पौडेल निर्वाचित भएका उनले बताए ।
त्यसैगरी सदस्यहरुमा राजन ढुंगाना, हरि शिवाकोटी, अमृता पौडेल, अनुप पौडेल, बासुदेव हुमागाई, तेज पन्त र सुरेन्द्र चालिसे निर्वाचित भएका छन्।
साधारण सभाले लेखा समिति पनि निर्वाचित गरेको छ जसको संयोजक बिदुर खरेल रहेका छन् भने सदस्यहरुमा बिन्दिरा प्रधानाङ्ग र दिपेश पाण्डे चयन भएका छन्।
सिङ्गो समिति नै निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष सुदर्शन पराजुलीले जानकारी गराए । न्यौपाने नेतृत्वको नयाँ सञ्चालक समितिले सहकारीको सुदृढिकरण, पारदर्शिता र सदस्यको हित प्रवर्द्धनमा प्रभावकारी काम गर्ने निवर्तमान अध्यक्ष पराजुलीले विश्वास व्यक्त गरेका छन् ।
नव निर्वाचित अध्यक्ष न्यौपाने सेवा निबृत्त शिक्षक हुन् । अघिल्लो कार्यकालमा सचिव रहेका उनीसंग सहकारी क्षेत्रको लामो अनुभव छ ।
पछिल्लो समय सहकारी क्षेत्र संकटग्रस्त अवस्थामा रहँदा समेत निमन्त्रणामा कुनै समस्या देखिएको छैन । यो सहकारी भक्तपुरमा सहकारीको वास्तविक सिद्धान्त अनुसार सञ्चालनमा रहेको तथा सदस्यहरुको सहकार्य र विश्वास जित्न सफल उदाहरणीय सहकारी मानिन्छ ।

