दुबईमा ‘कम्पनी दाई’ को पहिचान बनाउदै पोख्रेल

काठमाडौं । दुबईलाई विश्वव्यापी व्यापारिक केन्द्रका रूपमा चिनिन्छ, जहाँ हजारौँ उद्यमीहरू आफ्नो भविष्य खोज्दै पुग्छन्। यही अवसरलाई नेपाली समुदायका लागि सुनौलो बाटो बनाउन सफल भएका छन् मनोज पोख्रेल, जसलाई सबैले माया गरेर ‘कम्पनी दाई’ भनेर चिन्छन्।

पोख्रेलको नेतृत्वमा GSR Group अन्तर्गतको GSR Businessman Services LLC ले दुबईमा कम्पनी दर्ता र व्यवसाय सुरु गर्न आवश्यक जटिल प्रक्रिया सहज, पारदर्शी र छिटो बनाइदिँदै आएको छ।

कानुनी प्रक्रिया, कागजी कामदेखि प्रशासनिक चुनौतीलाई सजिलो बनाउन उनीहरूको योगदान उल्लेखनीय मानिन्छ।

‘श्रमका लागि मात्र विदेश जानुपर्छ’ भन्ने परम्परागत सोचलाई तोड्दै पोख्रेलले नेपाली युवामा “विदेशमा पनि उद्यमी बन्न सकिन्छ” भन्ने विश्वास जगाएका छन्।

यस समूहले समय–समयमा ल्याउने विशेष अफरहरूले पनि युवालाई व्यवसाय सुरु गर्न थप प्रेरित गरिरहेको छ।

उनीहरूको प्रयासले अनुभव र मार्गदर्शनको अभावमा व्यवसाय सुरु गर्न हिच्किचाउने नेपालीहरूलाई आत्मविश्वास दिलाएको छ। पोख्रेलको दृष्टि स्पष्ट छ—नेपाली युवालाई श्रमिक मात्र होइन, उद्यमीका रूपमा पनि विश्व बजारमा स्थापित गर्ने।

विज्ञका विचारमा यस कदमले नजिट भविष्यमा नै अझ धेरै नेपाली युवालाई उद्यमशीलताको बाटोमा अघि बढ्न प्रेरित गर्नेछ।

दुबईमा पोख्रेलले बनाएको यो छवि अब केवल व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण नेपाली समुदायको गर्व र पहिचानका रूपमा विकसित भइरहेको छ।