काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने

काठमाडौँ, १५ साउन । काठमाडौँको सडकमा हिँड्दा शौच लाग्दा शौचालय नभेटेर भौंतारिनुभएको त छैन रु अथवा शौचालय खोज्ने क्रममा हतारमै पनि बाध्य भएर चिया÷खाजा खाने निहुँमा होटल रेष्टुराँ पस्नुभएको त छैन रु यदि त्यसो हो भने अब त्यसको समाधान ल्याएको छ काठमाडौँ महानगरपालिकाले । कामपाको योजनानुसार महानगरभित्रका ५० होटल, रेष्टुराँ र क्याफेसँगको सहकार्यमा ती स्थानमा […]

चार दिनदेखि नेपाल टेलिकमका सबै सेवा बन्द

जाजरकोट, १० साउन । जाजरकोट सदरमुकामलगायत जिल्लाको विभिन्न स्थानमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । पटकपटक अवरुद्ध हुने टेलिफोनले गर्दा यहाँका स्थानीय हैरान छन् । नेपाल टेलिकमको चरम लापरवाहीका कारण यहाँका स्थानीय हैरान भएका छन् । मर्मतका लागि पटक पटक कुरा गरे पनि काम नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।   […]

अब सामाजिक सञ्जालमा विज्ञापन गर्दा नेपालबाटै पैसा तिर्न सकिने

९ साउन, काठमाडौं । अब सामाजिक सञ्जालमा विज्ञापन गर्दा नेपालबाटै भुक्तानी गर्न पाइने भएको छ । यस अघि विदेशी एकाउन्टबाट मात्रै भुक्तानी गर्न पाइन्थो । नेपाल राष्ट्र बैंकले नेपालबाट अनलाइन तथा सामाजिक सञ्जाल विज्ञापन गर्दा भुक्तानीको वैधानिक ढोका खोलिदिने भएको हो । मौद्रिक नीतिबाट बैंकले यसका लागि कानुनी व्यवस्था गरिने बताएको छ। सामाजिक सञ्जाल तथा […]

फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना

९ साउन, एजेन्सी । व्यक्तिका गोपनीयता हिनामिना गरेको आरोपमा सामाजिक सञ्जाल फेसबुकलाई हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना गरिएको छ । अमेरिकाको संघीय व्यापार आयोग ९एफटीसी०का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। उक्त समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जकर्बर्गको नियन्त्रण रहने छैन। एफटीसीले राजनीतिक परामर्शदाता […]

इन्टरनेटको मूल्य वृद्धि फिर्ता हुने

काठमाडौँ । इन्टरनेट महशुलमा भएको मूल्यवृद्धि फिर्ता भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले इन्टरनेट सेवा प्रदायकहरूको मागअनुसार दूरसञ्चार नियमावली संशोधन गरेकाले मूल्यवृद्धि फिर्ता हुने भएको हो । नियमावलीमा भएको मर्मत सम्भार शुल्क लिन नपाइने व्यवस्था संशोधन गर्दै मन्त्रिपरिषद्ले इन्टरनेट शुल्कको ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लिन पाइने व्यवस्था गरेको हो । राजपत्रमा सूचना प्रकाशित […]

अब छिट्टै चन्द्रमामा मानव बसोबास !

एउटा १२ पाङ्ग्रे वाहन खैरो धुलो उडाउँदै नौलो सतहमा छाप छोड्दै हिँड्छ। त्यो अन्तरिक्ष ट्रकुमा वायुचाप नियन्त्रित खण्ड छ जहाँ अन्तरिक्ष यात्रुहरू अन्तरिक्ष पोशाक नलगाइ नै श्वास फेर्नसक्छन्। उनीहरू आफ्नो मूल कार्यस्थानभन्दा केही किलोमिटर पर दिनभर पानी(हिउँ अवशेष भएको स्थानको अध्ययन गरेर थाकेका छन्। यो सन् २०५० को चन्द्रमा हो। एउटा वाहन एउटा विशाल खाल्डोको […]

६० देशका २६० भन्दा बढी वैज्ञानिकहरुको काठमाडौँमा बैठक सम्पन्न

काठमाडौँ, ३ साउन । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी)को कार्यसमूह–२ का वैज्ञानिकको पाँचदिने बैठक आज काठमाडौँमा सम्पन्न भएको छ । आईपीसीसी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिका लागि वैज्ञानिक निकायका रुपमा काम गर्ने संस्था हो । आईपीसीसी सचिवालयको आयोजना र वन तथा वातावरण मन्त्रालयको सह–आयोजनामा उक्त बैठक भएको हो । बैठकमा आगामी सन् २०२२ मा प्रकाशन […]

पहिलो पटक चन्द्रमामा पाइला टेकेको दिनको सम्झनामा स्वर्ण जयन्ती मनाउन आह्वान

काठमाडौँ, ३ साउन । पचास वर्षअघि मानिसले पहिलो पटक चन्द्रमामा पाइला टेकेको स्मरणमा यही साउन ४ र ५ गते (जुलाइ २० र २१) मा कार्यालय, विद्यालय, क्याम्पस, संस्था आदिमा कार्यक्रम गर्न आह्वान गरिएको छ । विज्ञान र वैज्ञानिकका क्षेत्रमा काम गर्दै आएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले चन्द्रावतरणको स्वर्णजयन्ती मनाउन आग्रह गरेको हो । सोसाइटीका अध्यक्ष सुरेश […]

चीनमा कलेजको पढाइमा सूचना प्रविधिको लोकप्रियता अत्यधिक बढ्दो

एजेन्सी । चिनियाँ विभिन्न विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा सूचना प्रविधि (आईटी) सम्बन्धी विषय लोकप्रिय भएको पाइएको छ । पछिल्लो पाँच वर्षमा अन्य क्षेत्रको तुलनामा सूचना प्रविधि क्षेत्रमा रोजगारी पाउन सजिलो भएपछि यसको लोकप्रियता बढेको एक अध्ययनले देखाएको हो । चीनको एउटा मुख्य बजार परामर्शदाता कम्पनी माइकोसले गरेको अध्ययनको प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको थियो । सन् २०१४ देखि […]

तीन अन्तरिक्षयात्री अन्तरिक्ष केन्द्रबाट सकुशल पृथ्वीमा फिर्ता

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका तीन जना अन्तरिक्षयात्री मंगलबार सकुशल पृथ्वीमा फर्किएका छन् । अन्तरिक्षयान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यबारे आशंका उत्पन्न भइरहेको समयमा तीन वैज्ञानिक सकुशल फर्किएका हुन् । काजकस्थानको झेखाजगान सहरनजिक अन्तरिक्षयात्रीहरु सकुशल अवतरण गरेका हुन् । पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरिक्षयात्रीहरुमा नासाका अन्तरिक्षयात्री आन क्याकक्लेन, वरिष्ठ रुसी अन्तरिक्षयात्री […]