चीनमा कलेजको पढाइमा सूचना प्रविधिको लोकप्रियता अत्यधिक बढ्दो

एजेन्सी । चिनियाँ विभिन्न विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा सूचना प्रविधि (आईटी) सम्बन्धी विषय लोकप्रिय भएको पाइएको छ ।

पछिल्लो पाँच वर्षमा अन्य क्षेत्रको तुलनामा सूचना प्रविधि क्षेत्रमा रोजगारी पाउन सजिलो भएपछि यसको लोकप्रियता बढेको एक अध्ययनले देखाएको हो ।

चीनको एउटा मुख्य बजार परामर्शदाता कम्पनी माइकोसले गरेको अध्ययनको प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको थियो ।

सन् २०१४ देखि २०१८ सम्ममा सूचना प्रविधिको क्षेत्रमा लाग्ने कलेजहरूको सङ्ख्या पनि अत्यधिक बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सूचना प्रविधिको अध्ययन गरेकामध्ये ८.५ प्रतिशतले इन्टरनेट कम्पनीमा रोजगारी पाएका छन् । व्यावसायिक अध्ययनका लागि पनि सूचना प्रविधिसम्बन्धी विषय धेरै विद्यार्थीको आकर्षणको विषय बनेको छ ।

सूचना प्रविधिको अध्ययन गरेका विद्यार्थीमध्ये सन् २०१४ मा १.२ प्रतिशतले रोजगारी पाएकोमा सन् २०१८ मा त्यो सङ्ख्या बढेर ४.९ प्रतिशत पुगेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीले इन्टरनेट सेवा, अनलाइन खोजी, तथ्याङ्क प्रशोधनलगायतका क्षेत्रमा रोजगारी पाउने गरेका छन् ।

बढ्दो क्रममा रहेको यस सूचना प्रविधि उद्योगमा काम गर्नेहरूलाई सेवा सुविधा पनि धेरै रहेको पाइएको छ ।

यस क्षेत्रमा काम गर्नेहरूको आम्दानी अन्य क्षेत्रमा काम गर्नेको भन्दा औसतमा २० प्रतिशत बढी रहेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

Loading...