तीन अन्तरिक्षयात्री अन्तरिक्ष केन्द्रबाट सकुशल पृथ्वीमा फिर्ता

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका तीन जना अन्तरिक्षयात्री मंगलबार सकुशल पृथ्वीमा फर्किएका छन् ।

अन्तरिक्षयान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यबारे आशंका उत्पन्न भइरहेको समयमा तीन वैज्ञानिक सकुशल फर्किएका हुन् ।

काजकस्थानको झेखाजगान सहरनजिक अन्तरिक्षयात्रीहरु सकुशल अवतरण गरेका हुन् । पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरिक्षयात्रीहरुमा नासाका अन्तरिक्षयात्री आन क्याकक्लेन, वरिष्ठ रुसी अन्तरिक्षयात्री ओलेग कोनोनेन्को र क्यानाडाली अन्तरिक्षकेन्द्रका डेभिड सेन्ट ज्याक्स छन् ।

नासाबाट प्रत्यक्ष प्रशारण गरिएको अवतरणको दृश्यमा तीनैजना यात्रु पृथ्वीमा अवतरण परेपछि साथीहरुसँग मुस्कुराइरहेको देखिन्थे । क्यानाडाली र अमेरिकी अन्तरिक्षयात्री खजाकस्तानबाट मस्को हुँदै स्वदेश फर्किएका छन् ।

अन्तरिक्ष केन्द्रमा रहँदा दुईपटक अन्तरिक्षमा हिँडेको म्याकक्लेनले बताए ।

Loading...