पत्रकार विद्यार्थी संगठनको आयोजनामा पत्रकार तालिम सम्पन्न

नेपालगंज । पत्रकार विद्यार्थी संगठन बाँकेले तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ । मंगलबारबाट सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थी पत्रकार सभागी भएका थिए । पत्रकार विद्यार्थी संगठन बाँकेद्वारा सञ्चालित उक्त तालिमको सुरुदेखि अन्तिम दिनसम्म नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष पत्रकार रुद्र सुवेदीले संचारको परिचय,महत्व, प्रकार र समाचार लेखनका विषयमा तालिम दिएका थिए […]

नेपाल वायुसेवा निगमका कर्मचारीहरुलाइ सरल कर्जा सुबिधा

  काठमाडौँ। नेपाल वायुसेवा निगमका कर्मचारीहरुले सरल कर्जा पाउने भएको छ। निगम र राष्ट्रिय वाणिज्य बैँक बीच बिहिबार कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । निर्धारित सेवा अवधि पुरा गरेका निगमका कर्मचारीहरुले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौता गरिएको हो । सम्झौतामा निगमका महाप्रबन्धक श्री डिम प्रसाद पौडेल र बैँकका […]

हलिउड मुभीमा अभिनय गर्दै नेपालकी अञ्जली

ट्रान्सजेन्डर (तेस्रोलिंगी) नेपाली मोडल अञ्जली लामाले हलिउड फिल्म खेल्ने भएकी छन्। फिल्म ‘वुमन स्टोरिज’मार्फत लामाले हलिउडमा डेब्यु गर्ने भएकी हुन्। ६ भागमा निर्माण हुने फिल्ममा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज, मार्सिया गे हार्डेनलगायतले अभिनय गर्नेछन्। डेडलाइनका अनुसार विभिन्न देशका महिला निर्देशकले निर्देशन गर्ने फिल्ममा कलाकार पनि महिला नै रहने भएका हुन्। फिल्मको छायांकन भारत, इटाली र […]

यसपटक पुनर्स्थापना नभए हरेक दुई वर्षमा संसद् विघटन हुने दावी

काठमाडौं, १४ माघ । वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले संसद पुनर्स्थापना नभए संसद्को आयु दुई वर्षमै सीमित हुने बताएका छन्। बुधबार संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा बहस गर्दै संग्रौलाले पुनर्स्थापना नभए गलत नजिर बस्ने र हरेक दुई वर्षमा संसद् विघटनको बाटो खुल्ने बताएका हुन्। संसद्को आयु ५ वर्ष लेखे पनि त्यो संविधानमै सीमित […]

छात्रा बलात्कार गर्ने शिक्षकलाई साढे १८ वर्ष जेल

धनकुटा, १४ माघ । धनकुटामा छात्रा बलात्कार गर्ने शिक्षकलाई साढे १८ वर्ष जेल सजाय तोकिएको छ। धनकुटा जिल्ला अदालतले आफ्नै स्कुलमा पढ्ने १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेको कसुरमा धनकुटा नगरपालिका–६ का शिक्षक मदन अधिकारीलाई जेल सजाय सुनाएको हो। धनकुटा नगरपालिकाकै ती बालिकाको पटकपटक यौन शोषण गरेको कसुरमा शिक्षक अधिकारीसहित स्थानीय गौरी अत्री, देवेन्द्र श्रेष्ठ […]

६४ जिल्लामा नौ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, १४ माघ । कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको पहिलो दिन आज नौ हजार ८४ जनाले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझ ५ बजेसमम ६४ जिल्लाका सो संख्याका व्यक्तिहरुले खोप लगाएका हुन्। मन्त्रालयका अनुसार प्रदेश नं १ मा १२ सय ५५, प्रदेश नं २ मा ७२६, वागमतीमा २६ सय ९४, […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४ करोड सहयोग

चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले चार करोड रुपैयाँ सहयोग गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले आज थप रु चार करोड सहयोग गरेको हो । यसअघि महानगरले फाउण्डेशनलाई रु चार करोड दिइसकेको छ । महानगरपालिकामा आयोजना गरिएको […]

पेस्तोलसहित लैनचौरबाट एक पक्राउ

काठमाडौँ । काठमाडौँको लैनचौरबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ घर भई काठमाडौंको सामाखुसी टाउन प्लानिङ्ङ बस्ने २८ वर्षका कृष्ण चौलागाइँलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट […]

प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा नेकपाका उपाध्यक्ष गौतम

… काठमाडौँ । नेपाल कम्युनिष्टका उपाध्यक्ष वामदेव गौतम आफू प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा रहेको बताउनुभएको छ । बुधबार नेकपा एकता अभियानको घोषणा कार्येक्रममा ओली र प्रचण्ड–नेपाल समूहमा नेकपा विभाजित देखिए पनि गौतम पार्टी एकताकै पक्षमा आफू उभिएको बताउदै पार्टी एकता भइदिए हुने आफ्नो भित्रि धारणा रहेको बताउनु भयो। y उहाले प्रचण्ड पक्ष्यका केहीलाई छोडेर अधिकांस एकताको […]

यस्ता छन मन्त्रिपरिषदका पछिल्ला निर्णय

काठमाडौँ । सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् । बैठकका निर्णय अनुसार सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार लगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति […]