भारतको नयाँदिल्ली पुगे प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुगेका छन् ।

जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रा हो ।

तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादी लगायत दल निकट प्रवासी संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली गएको उनको सचिवालयले जनाएको छ ।

सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड सोमबार नै स्वदेश फर्किने बताइएको छ ।