एसइई परीक्षा यसपटक निकै कठिन हुने

काठमाडाैं, २७ पुस । आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने देखिएको छ । कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको एसइई परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । सदस्य तथा बोर्डका अध्यक्ष पौडेलले अहिले जिल्ला शिक्षा कार्यालयले […]

सशस्त्र प्रहरीका टेन्डर सबै अख्तियारको छानविनमा, ८० लाखको कम्प्युटर टेन्डर विनै

काठमाडौं, २७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको खरिद प्रक्रिया, टेन्डर र रासनभत्तामा अनियमितताको आशंकामा छानबिन थालेको छ। तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईको सचिवालयले टेन्डर प्रतिस्पर्धा नै नगराई ८० लाख रुपैयाँ बराबरको कम्प्युटर खरिद गरेको विषयसमेत अख्तियारको छानबिनभित्र परेको छ। सचिवालयमा कार्यरत तत्कालीन डीआईजी शैलेन्द्र खनाल (हाल एआईजी) ले आफ्ना ज्वाइँ […]

भारतीय एकाधिकार तोड्दै चीनतर्फको इन्टरनेट नेपालमा

काठमाडाैं । नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको औपचारिक उद्घाटन आगामी शुक्रबार हुँदै छ । त्यसपछि नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्धता जनाउनेछ । […]

५६ लाख ठग्ने भारतीय युएनपार्कमा सिआइबीको फन्दामा

काठमाडौँ, २६ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ५६ लाख ६५ हजार ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले कोन टेक प्रालिको चेक चोरी गरी सोही चेकमार्फत विभिन्न व्यापारीबाट उक्त रकम ठगी गर्ने ३६ वर्षीय भारतीय नागरिक अखिल कुमारलाई मंगलबार युएन पार्क ललितपुरबाट पक्राउ गरी आज सार्वजनिक गरेको […]

प्रलोभनमा पारेर मान्छेहरु युरोपमा पु¥याइ अलपत्र पार्ने तीन पक्राउ

काठमाडौँ, २६ पुस । युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भई हाल कास्की पोखरा, पृथ्वीचोक बस्ने चिन्ताराम गिरी, स्याङ्जा चापकोट नपा–४ घर भई हाल पोखरा बस्ने प्रदीप गिरी र झापा गौरादह नपा– ४ बस्ने ज्ञानेन्द्र अधिकारीलाई पक्राउ गरेको हो […]

सर्वोच्चका न्यायाधिशले मागे उल्टै आफ्नै प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र

काठमाडौँ, २६ पुस । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले आज पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको हो । वरिष्ठ चिकित्सक डा गोविन्द केसीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइपछि जारी भएको आदेशमा […]

डोल्पामा भीषण आगलागी, ७ घर जलेर नस्ट

दुनै, २६ पुस । डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ९ होर्त गाउँमा बुधवार बेलुकी भीषण आगलागी भएको छ। आगलागीबाट सात घर पूर्ण रुपमा जलेर नष्ट भएको र नियन्त्रणमा लागि प्रहरीको टोली घटनास्थल पुगिसकेको जिप्रका डोल्पाका प्रहरी नायव निरीक्षक यम बहादुर मल्लले जानकारी दिए। आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ। प्रहरी र विभिन्न गाँउबाट […]

शिक्षा आयोगको सुझावमा निजी क्षेत्रको आपत्ति

काठमाडौँ, पुस २६ । उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदनमा आफूहरूको योगदानलाई अवमूल्यन गरिएको भन्दै निजी क्षेत्रका प्रतिनिधिले पुनःलेखन गर्न माग गरेका छन् । सिंहदरबारमा आज सम्पन्न आयोगको दोस्रो बैठकमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन), उच्चमाध्यमिक विद्यालय संघ (हिसान), निजी तथा आवासीय विद्यालय एसोसिएन (एन प्याब्सन) का प्रतिनिधिले सो गुनासो गरेका हुन् । आयोगमा प्याब्सनका […]

काठमाडौ महानगरले भित्री सडकमा चारपांग्रे सवारी चलाउन लगायो रोक

काठमाडौँ, २६ पुस । काठमाडौँ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा माघ २ गतेदेखि चारपांग्रे सवारी साधन प्रवेश गर्न निषेध गर्ने भएको छ । कामपाले पत्रकार सम्मेलनको आयोजना गरी ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म भित्री सडकमा चारपांग्रे सवारी साधन गुड्न रोक लगाउन लागेको जानकारी दिएको हो । […]

मकवानपुरका ४ पत्रकार यातायात पत्रकारिता पुरस्कारबाट पुरस्कृत

हेटौँडा, २६ पुस । नारायणी यातायात पत्रकारीता पुरस्कारबाट आज मकवानपुरका ४ जना पत्रकार सम्मानित भएका छन् । यातायात व्यवसायीहरुको ठुलो संगठन नारायणी यातायात व्यवसायी संघको ३१ औं साधारणसभा समारोहमा पत्रकारहरुलाई सम्मान गरीएको हो । समारोहले भूगोल न्यूज डट्कमका तिलक अधिकारी, अन्नपुर्ण पोष्टका मकवानपुर जिल्ला संवाददाता कृष्ण सारु मगर, रेडियो नेपालका जिल्ला संवाददाता गणेश दर्पण अधिकारी र […]