काठमाडौं । २७ माघ २०७५ न्यूनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौं उपत्यकामा रहेका विभिन्न संचार प्रतिष्ठानहरुमा संयुक्त रुपमा अनुगमन थाल्ने भएको छ । संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीहरुको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने नेपाल सरकारको निर्णयपछि समितिले पारिश्रमिक भुक्तानीको अवस्था र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन विषयमा अनुगमन गर्न लागेको हो । समितिले नेपाल पत्रकार […]
समाचार
काष्ठमण्डपका पुननिर्माणका ३ स्तम्भ कार्यस्थलमा यसरी लगियो
काठमाडौँ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्र नजीकै रहेको काष्ठमण्डप पुनःनिर्माणका लागि आवश्यक तीन स्तम्भ हनुमानढोका क्षेत्रबाट निर्माणस्थलमा लगिएको छ । हनुमानढोकामा आइतबार आयोजित कार्यक्रममा २५ फिट लम्बाइको उक्त स्तम्भलाई विधिविधानपूर्वक पूजा गरेपछि सेना, स्थानीयलगायत सहयोगमा डोरीले बाँधेर कार्यस्थलमा पु¥याइएको छ । उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र बिना श्रेष्ठ तथा काठमाडौँ महानगरपालिका […]
दुर्घटनाबाट जोगाउन ट्राफिक प्रहरीले ल्यायो ‘ट्राफिक कम्युनिकेशन एप्स’
काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले आजदेखि उक्त एप्स सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा निर्देशनालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले […]
नेपाल टेलिकमले वाग्मती सरसफाइमा लगायो यस्तो जुक्ति
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सवको अवसरमा वाग्मती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिकोत्सवका अवसरमा सरसफाइ अभियानमा प्रयोग गर्न कम्पनीको लोगो अङ्कित १२५ थान वाटरप्रुफ ट्र्याकसुट, ४०० जोर गमबुट, १०० थान फोहर तान्ने सुइरोलगायत सामग्री उपलब्ध गराइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ […]
न्यूनतम पारिश्रमिक दिन अटेर गर्ने सञ्चारगृह बन्द गर्नुपर्छ : महासचिव बिष्ट
काठमाडौं, २६ माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले श्रमजीवी पत्रकारलाई न्यूनतम् पारिश्रमिक नदिने सञ्चारगृह बन्द गर्नुपर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपाल काठमाडौं जिल्लाले आयोजना गरेको सञ्चारगृहमा बृद्धि भएको पारिश्रमिकमा रोकावट र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन बिषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । न्यूनतम पारिश्रमिक दिन अटेर गर्ने सञ्चारगृह बन्द गर्नुपर्छ […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विपद पूर्वतयारी तथा प्रतिकार्यतिर
सुर्खेत, २७ माघ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको आयोजनामा विपद पूर्व तयारी तथा प्रतिकार्य योयजना संचालन भइरहेको छ । प्रदेशस्तरका अस्पतालहरुलाई विदप व्यवस्थापन र प्रतिकार्य सेवामा गर्नुपर्ने पूर्व तयारीको लागि मार्गदर्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । तीन प्रदेशका तीन स्थानहरुमा गर्ने प्रतिस्ठानले जनाएको छ । विध स्वास्थ्य संगठनका सहयोग र स्वास्थ्य तथा जनसंख्य […]
ओलीले बोली र ईश्वर पोखरेलको फेसबुक स्टाटसले नेकपामा तरंग, जिब्रो चिप्लेको प्रसंगले नेकपा फुटतिर
काठमाडौँ, २७ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीले बेलाबेला ठूलो विवाद ल्याउने गरेको छ । पछिल्लो समय ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालका बारेमा बोलेको त्यस्तै बोलीले पार्टी पूर्ण रुपमा एकता भइनसक्दै फुटतिर जान थालेको छ । ओलीपछि उनका कट्टर समर्थक अर्का नेता तथा उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलले त […]
दलको सदस्यता लिने कर्मचारीलाई सिधै बर्खास्त गरिने, कर्मचारीलाई हडताल गर्न पनि पूर्णतः रोक
काठमाडौं, २७ माघ । राजनीतिक दल वा तिनका संगठनमा सदस्य बन्ने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने भएको छ । सरकारले संघीय संसद् सचिवालयमा शुक्रबार दर्ता गरेको विधेयकमा निजामती कर्मचारीले माग पूरा गराउन हडताल र काम बन्द गर्न नपाउने प्रावधान छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा–सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ‘कर्मचारी राजनीतिक क्रियाकलापमा […]
यसरी मनाइँदैछ श्रीपञ्चमी-वसन्तपञ्चमी
काठमाडौँ, २७ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने […]
नेपाल–भारत वाणिज्य सन्धिमा ‘इनल्याण्ड वाटरबेज्’ थपिँदै
काठमाडौँ, २७ माघ । नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धिमा जलमार्ग अर्थात् इनल्याण्ड वाटरबेज् समावेश गर्न दुवै देशका अधिकारीबीच सैद्धान्तिक सहमति भएको छ । नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा विचारविमर्श गर्न पर्यटकीय नगरी पोखरामा दुवै राष्ट्रका वाणिज्य मन्त्रालयका उच्च अधिकारीबीचको आज सम्पन्न दोस्रो बैठकमा सन्धिमा रहेको व्यापारमार्ग (ट्रेडरुट)को प्रावधानमा रेल र सडकबाहेक जलमार्गसमेत समावेश […]










