रहस्यमय ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त भुजुङ गुरूङ पनि पठाइए जेलमा

काठमाडौं । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका मुख्य अभियुक्त भुजुङ गुरूङलाई विराटनगर उच्च अदालतले पनि थुनामै पठाएको छ। गुरूङले जिल्लाको आदेशविरूद्ध ६ महिनाअघि उच्च अदालतमा निवेदन दिएका थिए। गुरूङसहित सुनकाण्डका १२ जनाको मुद्दा पनि उच्चले सँगै राखेर हेरेको थियो। कायममुकायम मुख्यन्यायाधीश शिवराज अधिकारी र न्यायाधीश लेखनाथ […]

भेनेजुयलाले ल्यायो प्रचण्ड र केपी ओलीबीच फाटो, सार्वजनिक मञ्चमै यसरी गर्न थाले आरोपप्रत्यारोप

काठमाडौं । भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि शुरु भएको मतभेदले उग्र रुप लिएको छ । भेनेजुएला प्रकरणमा नेकपालाई दुई अध्यक्ष दाहाल र केपी शर्मा अ‍ोलीबीच दोहोरी चलिरहेको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको […]

जब मोदीले आदिकवि भानुभक्तलाई सम्झिदै भाषण गरे

काठमाडौं । ममता बनर्जी नेतृत्वको पश्चिम बंगाल सरकारले लगाएका रोकका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जल्पाइगुडीमा एउटा आमसभालाई सम्बोधन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनको सुरुमै जल्पाइगुडीलगायतका क्षेत्र भगवान शिवको आर्शीवाद पाएको भूभाग भएको बताए । उनी त्यतिमै सीमित भएनन् । त्यहाँको जनजातिको संस्कृतिको प्रचार गर्ने पञ्चानन वर्माको कर्मस्थल रहेको बताए । मोदीले आफ्नो […]

६ महिनापछि प्रहरीले निर्मलाका हत्यारा पत्ता लगाएर किन राख्यो गोप्य

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारासम्म पुग्न सफल भएको दाबी नेपाल प्रहरीले गरेको छ । निर्मला हत्याको ६ महिनापछि प्रहरी हत्यारा पत्ता लगाउन सफल भएको हो । प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार एक/दुई दिनभित्रै हत्यारा सार्वजनिक गर्ने तयारी भएको छ । निर्मलाका हत्यारा पत्ता लगाउन र पीडित परिवारलाई न्याय […]

सरकारले गर्यो ८ सय ४८ उपसचिवको समायोजन

  काठमाडौँ, २४ माघ । सरकारले ८४८ उपसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८४८ उपसचिवको समायोजन गरिएको बताए । उनका अनुसार सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको छ । समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग […]

रेल नआउँदै रेलमार्ग क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण

काठमाडौं । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा जग्गा पर्नेहरुका लागि क्षतिपूर्ती वितरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले रेलमार्गमा पूरै जग्गा परेका जग्गाधनीलाई ७५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै त्यसभन्दा कम जग्गा परेकालाई ६६ प्रतिशत र घर, टहरा, पर्खाल आदिका हकमा जिल्लादरअनुसार क्षतिपूर्ति उपलब्ध गराउने स्वीकृति दिइएको छ । दोभान–ओलाङचुङ्गोला सडकखण्ड, […]

रोल्पामा आफैँले चलाएको गोली लागेर मृत्यु

रोल्पा, २४ माघ । आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुढाको छातीमा गोली लागेको छ । घरमा श्रीमती नभएको मौका छोपी बुढाले आत्महत्या गरेको बताइएको छ । उनको […]

प्रचण्डले फेरि समाजवाद र साम्यवादको यात्रा लामो हुन्छ भनेपछि

चितवन, २४ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले समाजवाद र साम्यवादको लामो यात्रामा रहेको बताएका छन् । भुवानीप्रसाद पौडेलको छैटौँ दिनको श्रद्धाञ्जलि सभामा उनले युगौँयुग लामो यात्रामा रहेकाहरु कदम कदम गरेर अघि बढ्नुपर्ने बताए । उनले भने, “अबको राज्य समाजवाद उन्मुख राज्य हो । हाम्रो बाटो समाजवादको […]

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ५ को मृत्यु

सिन्धुली, २४ माघ । फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]

परराष्ट्रले ल्यायो राजदुत नियुक्तिका लागि नयाँ मापदण्ड

काठमाडौँ, २४ माघ । राजदूत हुन विश्व परिवेशबारे ज्ञान, भाषिक दक्षता र सम्बन्धित मुलुकका बारेमा जानकार हुनैपर्ने प्रावधानसहित परराष्ट्र मन्त्रालयले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । देशको प्रतिनिधित्व गरेर जाने व्यक्तिलाई सम्बन्धित देशका बारेमा जानकारी र भाषिक ज्ञान नहुँदा राजदूत जस्तो गरिमामय पदको मर्यादालाई हल्कारुपमा लिएको हुँदा मन्त्रालयले नयाँ मापदण्ड बनाएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार […]