काठमाडौं २१ जेठ । अभिभावको रोजाइमा अहिले बोर्डिङ स्कुल छ। सामुदायिक विद्यालयले निजी विद्यालयले जसरी विद्यार्थी अभिभावकको मन जित्न सकेका छैन् भन्ने अधिकांश अभिभावकको बुझाइ छ। तर लतिलपुरस्थित श्रमिक शान्ति माध्यमिक विद्यालय च्यासलमा विद्यार्थीको भर्नादर बढ्दै गएपछि विद्यार्थी भर्नाको काम नै बन्द गर्नु परेको छ। श्रमिक शान्ति माध्यमिक विद्यालय २०१२ सालमा स्थापना भएको पूरानो सामुदायिक […]
समाचार
टायरको रड भाँचिएर विद्यार्थी बोकेको बस दुर्घटना
धनगढी, २१ जेठ । कैलालीको घोडाघोडी नगरपालिकामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा कम्तिमा ६ जना विद्यार्थी घाइते भएका छन् । घोडाघोडी नगरपालिकाको सुखडस्थित लिटल एन्जल बोर्डिङ स्कुलको से १ ख ३९८ नम्बरको विद्यार्थीबाहक बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी निरीक्षक यक्षराज जोशीले बताए । प्रारम्भिक अनुसन्धान अनुसार बसको टायरको रड भाच्चिँदा गाडी […]
बार बर्दियामा सिकल सेल एनिमिया रोगको उपचार गर्न नमूना अस्पताल बन्ने
बर्दिया । बारबर्दिया नगरपालिकामा नेपालमै पहिलो सिकल सेल एनिमिया अस्पताल बन्ने भएको छ । सिकल सेलमा बारबर्दिया मोडल नामक एक वर्षे लामो अभियानपछि उक्त नगरपालिकाले देशमै पहिलो अस्पताल यहाँ स्थापना गर्ने घोषणा गरेको हो । आइतबार बारबर्दिया नगरपालिकाले बारबरर्दियामा सिकलसेल पहिचान, नियन्त्रण र रोकथाम सम्बन्धी अभियान घोषणा समारोह आयोजना गरी यस्तो घोषणा गरेको हो । […]
कर्णालीका मुख्यमन्त्री र अन्य मन्त्रीका लागि गाडी किन्न २ अर्ब रकमान्तर
सुर्खेत, २० जेठ । कर्णाली प्रदेश सरकारले मन्त्रीहरुले चढिरहेका गाडी फेरेर उनीहरुको विलासी सुविधाका गाडी खरिद गर्न विकास बजेटबाट अरबौको रकम रकमान्तर गरेको छ । प्रदेश सरकारले सबै मन्त्रालयका लागि छुट्याएको वजेट आर्थिक वर्षको अन्तिममा आएर रकमान्तर गरेको हो । अघिल्लो वर्ष प्रदेश सभामा प्रस्तुत गरिएको वजेटलाई आर्थिक वर्ष सकिनै लाग्दा अर्को शिर्षकमा परिवर्तन गरी […]
सोलुखुम्बु घटना रहस्यमय, सरकारले नक्कली भिडन्त गर्न खोजेको आशंका
काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चौकी कब्जा गर्न लागेको भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सोलुखुम्बु पु¥याइएको छ । याे घटनालाइ रहस्यमय ठानिएकाे छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकीमा गएराति नेकपाका केही कार्यकर्ताले आक्रमण गर्न लागेकाे खबर फैलाइएकाे थियाे । तर, त्यहाँ […]
विप्लवले चौकी कब्जा गर्न लागेको भन्दै सेनाको हेलिकोप्टरमा काठमाडौं र विराटनगरबाट सोलुमा लगियो ठूलो फौज
काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चौकी कब्जा गर्न लागेको भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सोलुखुम्बु पु¥याइएको छ । विप्लव नेतृत्वको नेकपाले चौकीमा आक्रमण गर्न लागेपछि गएराति सोलुखुम्बुको महाकुलुङमा रहेको प्रहरी चौकीबाट प्रहरी भागेर ज्यान जोगाएको बताइन्छ । त्यो खबर आएपछि राजधानी काठमाडौं र १ […]
यार्सा खोज्न जानेहरुबाट लिइएको प्रवेश शुल्कबाट उठ्यो ९० लाख
मुगु, २० जेठ । यस वर्ष पनि बहुमूल्य जडिबुटी यार्सागुम्बा खाेज्नका लागि हिमाली जिल्लामा ठूलाे संख्यामा मानिसहरु पुगेका छन् । यार्सा संकलन गर्नका लागि गएकाहरुबाट उठाइएकाे प्रवेश शुल्कबाट मुगु जिल्लामा मात्र करिव ९० लाख राजश्व संकलन भएकाे छ । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा संकलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० […]
अपरिचित व्यक्तिले फोन गरेपछि श्रीमतीको हत्या गर्ने पक्राउ
जनकपुर, २० जेठ । अपरिचित व्यक्तिको फोन आएको निहुमा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । श्रीमती हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ । धनुषाको सबैला नगरपालिका वार्ड नं. ४ का २२ वर्षीय रहमत राइनले यसरी आफ्नी श्रीमतीको हत्या गरेका हुन् । अपरिचित नम्बरबाट श्रीमतीलाई सधैं फोन आउने गरेको र श्रीमती र […]
नवलपरासीमा ठूलो हावाहुरी, हावाले उडाएको जस्ताले काटेर एक बालिकाको मृत्यु, ८० घरमा क्षति
नवलपरासी, २० जेठ । नवलपरासीमा आएको हावाहुरीले एक बालिकाको मृत्यु हुनुका साथै ८० घरमा क्षति पुगेको छ । आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको हो । साँझपख आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने ललन यादवकी १० वर्षीया छोरी अञ्जली यादवको मृत्यु भएको […]
धोविघाटमा जीपको ठक्करबाट मोटरसाइकलमा सवार दुईको घटनास्थलमै मृत्यु
धोविघाट नक्खु दोबाटो नजीक सडक दुर्घटना हुदा २ जनाको घटनास्थलमा नै ज्यान गएको छ । आइतवार मोटरसाइकल र जीप एक आपसमा ठोक्किदा २ जनाको घटनास्थलमा नै ज्यान गएको हो । दिउसो अन्दाजी ३ : ३० बजेको समयमा जीपले ठक्कर दिदा मोटर साइकलमा सवार २ जनाको घटनास्थलमा नै ज्यान गएको प्रत्यक्षदर्सीले बताए । बा १६ च […]










