एजेन्सी । भारत बिहारको मुजफ्फरपुर शहरमा गएको १५ दिनमा लिची खाएका कारण एक सय बालबालिकाको ज्यान गएको छ । लिची खाएका उनीहरुलाई मस्तिष्कज्वरोको साथ एइएसको भएको थयिो जसको कारण ९३ जनाभन्दा धेरैको ज्यान गइसकेको छ । ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएको बताइएको छ । केही अमेरिकी अनुसन्धानकर्ताहरूले सो भाइरस तथा […]
समाचार
मध्यपूर्वमा तनावका माझ पेन्टागनको नेतृत्व अनिश्चयमा
अमेरिकाका कार्यबाहक रक्षामन्त्री प्याट्रिक स्यानाहानले रक्षामन्त्री हुने दौडबाट पारिवारिक कारणबाट अलग्गिएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्यानाहानले परिवारलाई समय दिन चाहेको ट्वीट गरेका छन्। डिसेम्बरदेखि कार्यबाहक रक्षा मन्त्री रहेका उनले पारिवारिक हिंसाबारे चिन्ताजनक विवरण प्रकाशित भएपछि आफूलाई प्रक्रियाबाट अलग्ग्याएका हुन्। अनुमोदन प्रक्रियाका बेला आफ्नो जीवनको कष्टपूर्ण पाटो उछालिएको भन्दै उनले आफ्ना सन्तानलाई तिनबाट रक्षा […]
गुठी विधेयक फिर्ता, सबैको कुरा सुन्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ
काठमाडौं, ३ असार । विवादित बनेको गुठी सम्बन्धी विधेयक सरकारले फिर्ता गरेको छ । सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको हो । वैशाख १५ मा दर्ता भएको यो विधेयकले गुठी मास्ने प्रयत्न गरेको भन्दै चौतर्फी विरोध भएपछि विधेयक फिर्ता लिन सरकार बाध्य भएको हो । संसदमा विधेयक दर्ता गराएकी […]
भारतमा एक सय बालबालिकाको मृत्यु: के लिची घातक हुन सक्छ?
लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएको भाइरल सङ्क्रमणका कारण भारतको बिहार राज्यमा एक सय बालबालिकाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएका हुन्। केही अमेरिकी अनुसन्धानकर्ताहरूले सो भाइरस तथा लिचीमा पाइने एक किसिमको विषालु तत्वबीच सम्बन्ध हुनसक्ने जनाएका छन्। के हो घटनाको कारण? बिहारको मुजफ्फरपुर शहरमा गएको […]
सुटुक्क नेपाल छिरेका दुई भारतीय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा
काठमाडौंं । लिएको छ । विवहा गरी भागेको जोडी समात्न भारतीय प्रहरी अछाम पुगेका थिए । दुईमहिना अघि नेपालको अछामका १९ वर्षीय केशव सोनी र भारत छत्तिसगढ कोबार जिल्लाकी १५ वर्षीया किशोरीले भागेर विवाह गरेका थिए । किशोरीतर्फका आफन्तले आफ्नी छोरी खोजीदिन निवेदन दिएपछि भारतको छत्तिसगढको प्रहरीले भारतका बिभिन्न स्थानहरुका साथै नेपालको अछाम जिल्लामा खानतलाशी […]
इजिप्टका प्रथम निर्वाचित पूर्वराष्ट्रपति मोर्सीको निधन
ऐजेन्सी । इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ । कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढलेका मोर्सीको अदालतमै मृत्यु भएको उनका वकिलहरुले जनाएका छन् । कायरोको एक अदालतमा बेहोस भएर लडेका इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मुर्सीको निधन भएको छ। मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको […]
वेस्ट इन्डिज बिरुद्द बंगलादेशको सानदार जित
ऐजेन्सी । विश्वकप क्रिकेट अन्तर्गत २३ औं खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटको अन्तरले पराजित गरेको छ। जितसंगै बंगलादेश पाचौं स्थानमा उक्लिएको छ। पराजित वेस्ट इन्डिजले सातौँ स्थानमा रहेको छ। टाउन्टनमा सम्पन्न खेलमा जित हात पारेको बंगलादेशको ५ खेलबाट ५ अंक रहेको छ भने वेस्ट इन्डिजको समान ५ खेलबाट मात्र ३ अंक रहेको छ। ५ […]
कांग्रेस नेता कोइरालाले स्थापना गरेको बृद्धाश्रमलाई सरकारले नमुना बनाउने
सर्लाही । प्रदेश नम्बर दुईका सामाजिक विकाश मन्त्री नवलकिशोर साहले सर्लाहीको पद्म भुवनेश्वरी बृद्धाश्रमलाई प्रदेश दुईकै नमुना बनाउने बताएका छन् । नेपाली कांग्रेसको जिउदो इतिहासका रुपमा रहेका नेता बासुदेवशरण कोइरालाले स्थापना गरेको बृद्धाश्रमलाई मन्त्री साहले नमुना बनाउने बताएका हुन् । सर्लाहीको लालबन्दी -२ जुटपानीमा रहेको पद्म भुवनेश्वरी बृदाश्रमको मंगलवार नवनिर्मित भवन सिलन्यास गर्दै उनले उक्त […]
सय रुपैयाँको अस्पतालमा २७ वर्षीय युवतीको शव फेला, अवस्था तनावग्रस्त
काठमाडौं । बौद्धस्थित समता अस्पतालमा मंगलवार एक युवतीको शव फेला परेको छ । झुण्डिएको अवस्थामा उक्त शव फेला परेको हो । सय रुपैयाँमा उपचार गरिने भनेर चर्चामा आएको समता अस्पतालमा कर्मचारीकै झुन्डिएर ज्यान गएको बताइएको छ । सोही अस्पतालमा सरसफाई काम गर्ने अन्दाजी २७ वर्षीया युवतीको शव झुन्डिएको अवस्थामा फेला परेको एक स्थानीयले जानकारी गराए […]
साउनदेखि जन्मने प्रत्येक छोरीलाई मासिक पैसा दिने तुलसीपुरको तयारी
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले प्रत्येक छोरीलाई मासिक रु १सयका दरले दिने नयाँ कार्यक्रम ल्याएको छ । साउनदेखि नगर भित्र जन्मेका प्रत्येक छोरीले उक्त रकम पाउने भएका छन । आर्थिक वर्षदेखि लागू हुने ‘स्मार्ट छोरी, बिहेवारी बीस वर्ष पारी’ कार्यक्रम अन्तर्गत उक्त योजना ल्याइएको हो । यस अन्तर्गत प्रत्येक छोरीलाई जन्मेको दिनदेखि मासिक रु १सयका […]











