५ घण्टा नबित्दै बढेको यातायात भाडा फिर्ता

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नबित्दै सो निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । तर, चौतर्फी विरोध भएपछि साँझ फिर्ता लिने निर्णय लिएको हो । विभागले दिउसो यातायातको भाडा बढाएर देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो । तर, […]

भारतमा तीन लाख मानिस स्थानान्तरित, समुद्री आँधी अरब सागरतिरै फर्कियो

एजेन्सी । पश्चिम भारतको गुजरात राज्यमा बज्रिने पूर्वानुमान गरिएको समुद्री आँधीले बाटो फेरेको छ। मौसमविद्हरूका अनुसार सो आँधी अरब सागरतिरै फर्किएको छ। नराम्रो प्रभाव पार्ने अनुमानसहित उक्त आँधीको मार्गमा पर्ने ठानिएका क्षेत्रबाट झन्डै तीन लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। तर तटीय क्षेत्रमा बलियो हावाहुरी चलिरहने अधिकारीहरूले बताएका छन्। गुजरात राज्य तथा दमन र दिऊ […]

तलव वृद्धि लागू हुनु अगावै सरकारले सार्वजनिक यातायातको भाडा बढायो

काठमाडौं । केपी ओली सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । असार १ गतेदेखि लागू हुने गरि सार्वजनिक यातायातको भाडा वृद्धि गरिएको हो । हाल कायम रहेको भाडा दरमा १२ प्रतिशतले भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागले बतायो । हाल प्रति ४ किमि १४ रुपैयाँ भाडा भएकोमा भाडा वृद्धि लागू भए संगै १६ रुपैयाँ […]

मोटरसाइकल एकापसमा ठोक्किदा २ को मृत्यु ४ घाइते

सर्लाही, ३० जेठ । सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नं को मोटरसाइकल एकापसमा गए राति करीब साढे १० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र […]

वायुसेवा निगममा चरम बेथिती, उच्च अधिकारीहरु नै रातोदिन जहाज कसरी थन्काउने भन्ने बुन्छन योजना

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आफू निगममा नियुक्तभएदेखि निकै जोडतोडका साथ निगमका लागि जहाज किन्न दौडधुप गरे । निगममा जहाज नै नभएको र जहाज उडाएर कमाउने कम्पनीले जहाज नै नभएपछि कसरी कमाउँछ भन्ने प्रश्न गर्दै उनले अनेक लविङ गरे । त्यो उनको लविङ निगमका लागि जहाज किन्नैका लागि थियो वा जहाज किन्दा […]

पानीको ट्याङ्कीमा डुबेर बालकको ज्यान गयो

कास्की । पोखरामा बुधबार साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ साढे ७ बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । […]

अत्यधिक गर्मीका कारण ४ जनाको मृत्यु, तापक्रम पुग्यो ५० डिग्री

काठमाडाैं । भारतमा अत्यधिक गर्मीका कारण गुडिरहेको रेल भित्रै ४ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीबाट झांसीका लागि छुटेको केरला एक्सप्रेसको रेल भित्रै चार जना यात्रुको मृत्यु भएको हो । ६८ जनाको समुहमा रहेका उनीहरु बनारसी र आगराको भ्रमण सकेर घरतर्फ (कोयम्बटूर) गइरहेका थिए । चार दिन अगाडि उनीहरु घुमघामका लागि निस्केका थिए । […]

भारतको गुजरातमा समुद्री आँधीको चेतावनी, तीन लाख मानिस सुरक्षित स्थानमा सारियो

एजेन्सी । पश्चिम भारतको गुजरात राज्यमा ठूलो आँधी आउने चेतावनी पछि मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने क्रम भइरहेको छ । पूर्वतयारीका लागि अधिकारीहरूले तीन लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिसकेको बताइएको छ । वायु नाम दिइएको शक्तिशाली आँधी तटीय क्षेत्रमा बिहीवार बिहान आइपुगेपछी त्यसको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान गरिएको छ। अहिले त्यो आँधी पोरबन्दर […]

संविधानसभा पदकका नाममा राज्यको साढे चार करोड झ्वाम् !

सङ्घीय सरकारले जेठ १६ गते राष्ट्रपतिको हातबाट पहिलो र दोस्रो संविधानसभाका सदस्यहरूलाई संविधानसभा पदक वितरण गर्‍यो।  विसं २०६४ र २०७० सालको संविधानसभाका एक हजार एक सय छ सदस्यलाई संविधान निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा प्रमाणपत्रसँगै सुन र चाँदी मिसिएको पदक दिइएको हो। तर पदक वितरणका लागि भएको खर्चको औचित्यका बारेमा सर्वसाधारणदेखि सांसदसम्मले प्रश्न उठाएका छन्। नेपाली […]

खाडी–मलेसियामा पुगे ५ लाख नेपाली महिला कामदार, अधिकांश अवैध

काठमाडौं । सरकारले तीन वर्षअघि मलेसिया र खाडीका देश महिला घरेलु कामदार रोजगारीमा जान प्रतिबन्ध लगाएको थियो । २०७३ चैतमा तत्कालीन संसद्को अन्तर्राष्ट्रिय तथा श्रम सम्बन्ध समितिले नेपाली महिलालाई घरेलु कामदारका रुपमा खाडीका मुलुक र मलेसिया रोजगारीमा जान रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो । तीन वर्षसम्म यो विषयमा सरकारले आधिकारिक निर्णय गर्न नसक्दा प्रतिबन्ध […]