हिमनदीको बरफ पग्लने दर दोब्बर, करोडौं मानिस जोखिममा

एजेन्सी – अघिल्लो २५ वर्षको तुलनामा गएको दुई दशकमा हिमनदीको बरफ पग्लने दर दोब्बरले बढेको अनुसन्धानले देखाएको छ ।अमेरिकी जासुसी भूउपग्रहले खिचेका तस्बिर विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले अघिल्लो २५ वर्षको तुलनामा गएको दुई दशकमा हिमनदीको बरफ पग्लने दर दोब्बरले बढेको बताएका हुन् । उनीहरुले अमेरिकी जासुसी भूउपग्रहले विगतमा खिचेका तस्बिरसँग हालैका अन्तरीक्ष यानका […]

दाङ घोराही तल्लो मालेगाउँका अग्निपीडितलाई सहयोग

दाङ, ५ असार । दाङको घोराही उपमहानगरपालिका–१ सिरुखर्क र तल्लो मालेगाउँका अग्निपीडितलाई स्थानीय अगुवाहरुले २ लाख बढी नगद रकम हस्तान्तरण गरेका छन्। अग्निपीडितहरु बसोबास गर्दै आइरहेको सिरुखर्क गाँउमा एक कार्यक्रम गरी अग्निपीडित ९ परिवारलाई प्रति परिवार २३ हजार ६० रुपैयाका दरले २ लाख ७ हजार ५ सय ४० रुपैया प्रदान गरिएको नेपाली काग्रे्रस दाङ क्षेत्र […]

लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो

काठमाडौ, ४ असार । लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी दरबन्दीको लागि खुलाएको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ फेरि सरेको छ। छुट्टाछट्टै परेका चार रिटलाई एकैपटक सुनुवाइ गर्नेगरी हरिकृष्ण कार्की र ईश्‍वरप्रसाद खतिवडालाई चारवटै रिटको फाइललाई एक साथ पेश गर्न आदेश जारी गरेको हो।  स्थानीय तहका करार कर्मचारीले मंगलबार अर्को रिट हालेपछि एकै ठाउँ राखेर […]

गुठी विधेयक फिर्ता हैन खारेजीको माग राख्दै गुठियार मानवसागर उर्लिए ( फोटो फिचर /भिडियो )

काठमाडौं । सरकारले ल्याएको गुठी विधेयक मंगलबार फिर्ता लिएपछि साताबाट आन्दोलनमा उत्रिएका नेवार समुदाय गुठियारहरुको आन्दोलन बन्द हुनुको सत्ता झनै उग्ररुपमा प्रस्तुत भएको छ ।सरकारले विधेयक फिर्ता गरेर अर्को षडयन्त्र गर्न खोजेको भन्दै  काठमाडौँ ,ललितपुर ,भक्तपुर ,किर्तिपुर ,बनेपा लगाएतका लाखौ नेवार समुदाय गुठियारले बुधबार राजधानीमा विशाल मानव सागरको रुपमा उर्लिएको छ । विभिन्न नाराअंकित व्यानर, […]

युद्ध र द्वन्दका कारण दैनिक ३७ हजार मानिस पुर्खाको थातथलो त्याग्‍न बाध्य,

काठमाडौ,४ असार । युद्ध, विभिन्न किसिमका उत्पीडन र द्वन्दका कारण आफ्नो थातथलोबाट विस्थापित हुने मानिसहरूको संख्या ७ करोड पुगेको छ। सन् २०१८ को तथ्यांक सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगले भनेको छ, नियोग स्थापना भएयताकै यो सर्वाधिक ठूलो आँकडा हो। नियोग ७० वर्षदेखि शरणार्थी व्यवस्थापनको क्षेत्रमा क्रियाशील छ। नियोगका अनुसार ७ करोडमध्ये २३ लाख मानिस […]

लोकसेवाको विज्ञापनबारे आज सुनुवाई हुँदै,

काठमाडौं, ४ असार । लोकसेवा आयोगले गत जेठ १५ गते देशभरका ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापन विवादबारे अदालतमा परेका सबै निवेदनको आज बुधबार एकैसाथ सुनुवाई हुँदैछ । विज्ञापन समावेशी सिद्धान्तविपरीत भएको भन्दै ४ वटा रिट निवेदन सर्वोच्चमा परेका छन् । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की […]

गुठीमा बनेका भवन सरकारले कब्जामा लिनुपर्छ–सांसद महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले गुठीको जग्गा हडपेर बनाइएका भौतिक संरचनाहरु सरकारले कब्जामा लिनुपर्ने बताए । गुठीको जग्गा संरक्षण गर्न सरकार लागेको भन्दै जग्गा हडप्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले भने,‘गुठीको जग्गामा महल र कम्प्लेक्स ठडिएको छ भने पनि सरकारले तत्काल कब्जामा लिनुपर्छ ।’ गुठीको जग्गा जोगाउन सरकार आक्रामक […]

गुठी विधेयकको विरोधमा माइतीघरमा नेवारको पावर प्रदर्शन

काठमाडौं ।  सरकारले ल्याएको गुठी विधेयकको विरोधमा बुधबार राजधानीमा विशाल मानव सागर उर्लिएको छ । विभिन्न नाराअंकित व्यानर, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा सहभागीहरुले गुठी विधेयकको विरोधमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए । गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रमको व्यानरमा माइतीघर मण्डलामा आयोजित खबरदारीसभा गुठी संघसंस्थासँग सम्बन्धित अगुवाहरुले सम्बोधन […]

डोनल्ड ट्रम्पले औपचारिक रूपमा नै थाले सन् २०२० को चुनावी अभियान

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले थप चार वर्षको कार्यकालका निम्ति आफ्नो चुनाव प्रचार अभियानको औपचारिक रूपमा थालनी गरेका छन्। सन् २०२० मा हुने अर्को राष्ट्रपतीय चुनावका लागि औपचारिक अभियान सुरुवात गर्न उनले फ्लोरिडामा आयोजित एक र्‍यालीलाई सम्बोधन गरेका छन्। फ्लोरिडा राज्य आफ्नो “दोस्रो घर” भएको बताउँदै उनले समर्थकहरूलाई अर्को चार वर्षको लागि “एक ढिक्का […]

इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत अवस्थामा

इन्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरशेफ इन्डियाजस्ता कार्यक्रममा काम गरिसकेका सिनियर पोष्ट प्रोड्युसर सोहन चौहानलाई मृत पाइएको छ । उनको शव मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको एक पोखरीमा भेटिएको हो । स्पटबोयका अनुसार उनको शव आइतबार राती भेटिएको हो जसलाई पोस्टमार्टमका लागि सिद्धार्थ अस्पताल लगिएको थियो । मृत्युको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन […]